back
CTIZAN AD

आजदेखि कपडा उद्योग सञ्चालनमा

वि.सं.२०७५ माघ ४ शुक्रवार

795 

shares

४ माघ, काठमाडौ ।  काठमाडौ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।

जाडो तथा गर्र्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोजगार बनाउनका साथै स्वदेशी लत्ताकपडा उत्पादन बढाउने र स्वदेशमै खपत गर्नका लागि उक्त संस्था सञ्चालनमा ल्याइएको हो । करीब रु एक करोडको लगानीमा सातजना युवा मिलेर उद्योगको स्थापना गरिएको छ ।

प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले उत्पादनशील क्षेत्रमा गरिने लगानीले स्वदेशमा बेरोजगारी समस्या न्यूनीकरण गर्ने र राष्ट्रिय उत्पादनमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गरे । उनले युवावर्गले स्वदेशमै केही गर्ने लक्ष्य राखेर गरेको उद्यमशीलताको सराहना गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोही वडाका अध्यक्ष ईश्वरमान डङ्गोलले स्थानीय तहले पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेको जानकारी दिए ।
प्रालिका अध्यक्ष विजय श्रेष्ठले आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनीकरण गर्नका लागि अब युवा वर्गले साना तथा मझौला उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०७५ माघ ४ शुक्रवार १३:४४ मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...