back
CTIZAN AD

अब सवारीसाधनको प्रदूषण जाँचमा

वि.सं.२०७५ माघ ४ शुक्रवार

798 

shares

४ माघ, काठमाडौ । सवारीसाधनको अवस्था पत्ता लगाउन काठमाडौँको नागढुङ्गामा प्रहरी र यातायात व्यवस्था विभागको टोलीले गाडीको प्रदूषण परीक्षण गरेको छ ।

विभिन्न जिल्लाबाट भित्रिएका बस, ट्रक, माइक्रो र टिपरसहित ४७ वटा सवारीसाधन जाँच गर्दा १५ वटा गाडी प्रदूषण फेल भएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज जनाएको छ ।

प्रदूषण फेल भएका सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । सवारी साधनको अवस्था ठीक हुनका लागि पेट्रोलबाट सञ्चालित सवारीमा तीन प्रतिशतभन्दा कम कार्बन मोनोअक्साइड र हाइड्रोकार्बन एक हजार पिपिएमएचसीभन्दा कम हुनुपर्छ । डिजेलबाट चल्ने गाडीको धुवाँको घनत्व ६५ प्रतिशतभन्दा कम एचएसयु हुनुपर्ने मापदण्ड रहेको विभागको सवारी परीक्षण कार्यालयले जनाएको छ ।

मापदण्डविपरीत प्रदूषण फेल हुने सवारीसाधनलाई रु ५०० देखि एक हजार ५०० सम्म जरिवाना हुने व्यवस्था रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी र सरोकारवाला निकायको संयुक्त टोलीले चालकको स्वास्थ्य अवस्थासमेत जाँच गरेको छ । जाँचमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी अस्पतालका चिकित्सक र यातायात व्यवस्था विभागको प्रदूषण परीक्षण प्राविधिकको सहभागिता थियो । उक्त टोलीले सवारी चालकको आँखाको समेत परीक्षण गरेको महाशाखाले जनाएको छ ।

वि.सं.२०७५ माघ ४ शुक्रवार १४:०० मा प्रकाशित

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...