back
CTIZAN AD

लोकतन्त्रको सवालमा सम्पूर्ण पार्टी एक हुनुपर्छ  : नेता पौडेल

वि.सं.२०७५ माघ ४ शुक्रवार

831 

shares

४ माघ, चितवन ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा काङ्ग्रेसले आवाज उठाउने बताए । उनले सरकार ठीक बाटोमा आउँदैन भने ठीक ठाउँमा ल्याउन काङ्ग्रेस कम्मर कसेर अगाडि बढ्ने बताए । उनले भने, “जनताका आवाजलाई सधैँ दवाउन सकिदैन, देशका समस्यामा लापरवाही गर्न पाइदैन र त्यसका लागि प्रतिपक्षले भूमिका निर्वाह गर्छ ।”

वरिष्ठ नेता पौडेलले भने, “देशका समस्यामा लापरवाही भए जनताले पनि आफ्नो तर्फबाट आवाज उठाउँछन् र सरकारलाई सही बाटोमा हिँडाउनलाई जवरजस्ती प्रयास हुन्छन् ।”

दूरदराजका जनताले पनि स्वास्थ्य सुविधा पाउनुपर्छ भन्ने डा गोविन्द केसीका मागप्रति सरकारले वेवास्ता गरेको बताउँदै उनले भने, “दूरदराजमा रहेका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनु पर्छ । संविधानले समाजवाद उन्मुख व्यवस्था भनेको छ । त्यो अनुरुप सबै
विपन्न जनताले सेवा पाउनुपर्छ भन्ने उनको मागलाई सरकारकाले वेवास्ता गरेको छ ।” उनले अगाडि थपे, “ त्यो संविधान विपरित पनि छ ।”

गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई पनि सरकारले लगभग विघटन गर्न लागेको भन्दै उनले भने, “सरकार दुई वटा अस्पताल खारेजी गर्न उन्मुख हुँदैछ ।”

वाइड बडी, सुनकाण्ड, भ्रष्टाचारका काण्ड अगाडि आइरहेको भन्दै उनले सरकार यस्ता घटनाको ढाकछोप गर्न लागेको आरोप लगाए । पार्टीभित्रको विवाद मिलेको हो भन्ने प्रश्नमा नेता पौडेल पार्टीभित्र केही कुरामा फरक मत भई नै रहने बताए । उनले भने, “केही कुराहरु नेतृत्वको गतिविधलाई मन नपरेको हुन सक्छ । ती विवाद हुँदाहुँदै पनि पार्टी अहिलेका लोकतन्त्र, राष्ट्रियता र सुशासनको सवालमा एक हुन्छ ।” महासमिति बैठकले एकताको सन्देश दिएको बताउँदै उनले भने, “त्यो कुरा तलसम्म आउनुपर्छ । लोकतन्त्र र मुलुकको रक्षा गर्नु काङ्ग्रेसको दायित्व हो ।”

वि.सं.२०७५ माघ ४ शुक्रवार १४:१६ मा प्रकाशित

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...