back
CTIZAN AD

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

वि.सं.२०७५ माघ ५ शनिवार

717 

shares

५ माघ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहँुको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुई घाइते भएका छन् ।

सो दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–३ एक्लेफाँटका २३ वर्षीय निकेश गुरुङको उपचारका क्रममा मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा सवार सोही ठाउँका २४ वर्षीय बुद्धिबहादुर गुरुङ र स्कुटर चालक आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका २० वर्षीय नवीन थापा घाइते भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१५प २५६३ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१३प ४१६४ नंको स्कुटर जुझ्दा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका निकेशको उपचारको क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको हो ।

घाइतेद्वयको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ माघ ५ शनिवार ११:०४ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...