११ कात्तिक, दमासकस (सिरिया) । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने विद्रोहीले कब्जा गरेको इदलिबमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
घटनास्थलमा पुगेको अनुगमन टोलीले मृतकमध्ये झन्डै आधा सङ्ख्या बालबालिकाको रहेको जनाएको छ ।
इदलिबको छेउतिर पर्ने हास सहरमा रहेको एक विद्यालयको प्राङ्गणमा हवाई आक्रमण भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ ।
सो संस्थाले हवाई आक्रमणमा रुसका युद्धक विमानहरूको संलग्नता रहेको हुनसक्ने बताएको छ ।
अधिकारीक कुनै विवरण नआएकाले अहिलेसम्म प्राप्त विवरणहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
इदलिब अतिवादी समुहको नियन्त्रणमा रहेको क्षेत्र हो । त्यस क्षेत्रलाई लक्षित गरेर धेरै हवाई आक्रमणहरू हुने गरेका छन् । सिन्ह्वा