back
CTIZAN AD

तेह्रौ साग निर्धारित मितिमा नहुने

वि.सं.२०७५ माघ ७ सोमवार

771 

shares

७ माघ, काठमाडौ ।  नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद साग निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३ औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी एनओसी लाई पत्र पठाएको छ ।

साग आयोजनको मुख्य स्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अझै तयार भइनसकेकाले आगामी मार्च महीनाका लागि तय भएको साग सर्ने निश्चित भएको छ । सरकार मातहत गठित १३औँ साग आयोजना सचिवालयबाट एनओसीलाई पत्र प्राप्त भएको उल्लेख गर्दै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पूर्वाधार निर्माणलगायत कारण प्रतियोगिता छ महीना सार्न पत्र प्राप्त भएको जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले भने, “राष्ट्रिय खेलकूद परिषद्बाट पत्र प्राप्त भएको अब यो विषयलाई दक्षिण एशियाली ओलम्पिक काउन्सिलमा छलफल गर्नेछौं ।” दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले सागको नयाँ तिथिका बारेमा छलफल गर्न यही महीना बैठक राख्ने प्रयास गरे पनि अन्य पदाधिकारीको व्यवस्थाका कारण सफल नभएकाले अब मार्चमा बैठक बसी यसबारे निर्णय गर्ने बताए ।

सागरको मिति सार्ने विषयमा काउन्सिलका सबै सदस्य राष्ट्रको सहमति जुट्न आवश्यक हुन्छ । १३ औँ सागमा ह्यान्डबल, जुडो, कबड्डी, खो–खो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ, आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल गरी २७ खेल समावेश गर्ने यसअघि नै निर्णय भइसकेको छ ।

यसैबीच पूर्वाधार अभावकै करण मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूदसमेत पटक पटक सर्दै आएको छ । प्रदेश नंं ५ मा हुने तय भएको उक्त प्रतियोगिता आगामी फागुनमा गर्ने सहमति भए पनि अझै मिति टुङ्गो लाग्न सकेको छैन । प्रतियोगिता आयोजना गर्ने विषयमा राखेपकै पदाधिकारीबीच एकमत नहुँदा प्रतियोगिता कहिले गर्ने भन्न टुङ्गो लाग्न नसकेको राखेप सञ्चालक समितिका एक सदस्यले भने ।

वि.सं.२०७५ माघ ७ सोमवार १२:१७ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...