back
CTIZAN AD

राजश्व सङ्कलनमा वृद्धि

वि.सं.२०७५ माघ ८ मंगलवार

873 

shares


८ माघ, रत्ननगर – आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा रु १३ अर्ब ४० करोड ५८ लाख ९५ हजार राजश्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको तुलनामा रु चार अर्ब चार करोड ६१ लाख ४६ हजार बढी हो । उक्त अवधिमा कार्यालयले रु ११ अर्ब ७३ करोड ७३ लाख ६२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

“अन्तःशुल्कको दरमा वृद्धि र वियरजन्य वस्तुको बढी उत्पादनले राजश्वमा उल्लेखनीय वृद्धि भएको छ”, कार्यालयका प्रमुख कर अधिकृत सुुवप्रसाद रिजालले भने, “व्यवसाय दर्तामा कडाइ गरेका छौँ, बक्यौता राख्ने करदातालाई निरन्तर तोकेता गर्ने काम भइरहेको छ ।”

कार्यालयले सो अवधिमा अन्तःशुल्कतर्फ रु सात अर्ब ८८ करोड ३६ लाख ५८ हजार असुली गरेको छ । तीमध्ये सबैभन्दा बढी गोर्खा ब्रुअरीले रु पाँच अर्ब ७६ करोड ३८ लाख १५ हजार, सिजी ब्रुअरीले रु एक अर्ब ६५ करोड ६४ लाख ४३ हजार, यति बु्रअरीले रु एक अर्ब ४४ करोड १८ लाख पाँच हजार र यति डिष्टिलरीले रु ८५ करोड १४ लाख २० हजार बुझाएका छन् ।

उक्त अवधिमा चार हजार ६०० नयाँ व्यवसायी थपिएको कार्यालयका कर अधिकृत त्रिविक्रम तिमिल्सेनाले जानकारी दिए । चितवन र नवलपुर जिल्लागरी ५१ हजार ६०० करदाता कार्यालयमा दर्ता भएका छन् ।

वि.सं.२०७५ माघ ८ मंगलवार १५:४८ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...