back
CTIZAN AD

दीर्घकालीन रूपमा फोहर विसर्जन गर्न ध्यानाकर्षण

वि.सं.२०७५ माघ ८ मंगलवार

810 

shares


८ माघ, काठमाडौँ – रासस काठमाडौँ उपत्यकाको फोहर दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने स्थान छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

नेकपाबाट निर्वाचित नुवाकोटका प्रदेशसभा सदस्य बद्री मैनालीसहितको टोलीले आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग भेटी ल्यान्डफिल साइट निर्माणको काम तत्काल अघि बढाउन छबुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उक्त पत्रमा फोहरमैलाको व्यवस्थापन छिटो गर्न, बाटोमा फोहर नझारी व्यवस्थित तरिकाले लैजान र बाटोमा पर्ने स्थानका नागरिकको स्वास्थ्य र शिक्षाको जिम्मा सरकारले लिनुपर्छ भनिएको छ ।

हाल थुपारिँदै आएको सिसडोलको फोहर व्यवस्थापन गरी त्यसबाट निस्कने लिचेट कोल्फु खोलामा नबग्ने बनाउनुपर्ने, निःशुल्क स्वास्थ्य बीमा तथा ५० श्ययाको अस्पताल निर्माण गरिनुपर्ने, काठमाडौँदेखि फोहर व्यवस्थापन गर्ने स्थानसम्मको बाटो अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गर्नुपर्ने माग पनि गरिएको सांसद मैनालीले जानकारी दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पण्डितले फोहर व्यवस्थापनका लािग केन्द्र सरकारले गर्नुपर्ने काम शुरु भइसकेको बताए । विगत १३ वर्षअघि तीन वर्षका लागि भन्दै नुवाकोटको सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहका फोहर विसर्जन गरिँदै आएको छ ।

शहरी विकास मन्त्रालयले नुवाकोटको बञ्चरेडाँडामा करीब रु ३८ करोडको लागतमा दीर्घकालीन रूपमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल निर्माण थालेकामा हाल नमूना काम भइरहेको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले सो निर्णय गर्दै करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको ल्याण्डफिल साइट निर्माण गर्ने जिम्मा सो मन्त्रालयलाई दिएको थियो ।

उक्त मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार आगामी फागुनसम्ममा कस्तो ल्याण्डफिल साइट निर्माण गर्ने भन्नेबारे नमूना तयार गरी अन्य काम अघि बढाइनेछ ।

उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिकटन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । टोलीमा प्रतिधिनिसभा सदस्य हितबहादुर तामाङ, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा सोही गाउँपालिका उपाध्यक्ष सीता लामा ९खतिवडा० सहभागी थिए ।

वि.सं.२०७५ माघ ८ मंगलवार १६:१७ मा प्रकाशित

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...