८ माघ, चिप्लेढुङ्गा – पोखराको बुद्धचोकस्थित पोखरा रोयल सहकारीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै एटिएम सेवा सञ्चालन गरेको छ ।
एटिएम सुविधाको गण्डकी प्रदेशका सहकारीमन्त्री लेखबहादुर थापाले एक कार्यक्रमका बीच आज शुभारम्भ गरेका थिए । उनले सहकारी समय सापेक्ष परिवर्तन हुँदै अगाडि बढ्नुपर्ने बताए । वित्तीय क्षेत्रमा सहकारी अग्रस्थानमा रहेकाले आधुनिक र प्रविधिमैत्री हुनुपर्नेमा मन्त्री थापाले जोड दिएका छन् ।
सहकारीलाई आधुनिक तथा प्रविधिमैत्री बनाउन एटिएम सेवा सञ्चालनमा ल्याइएको सो सहकारीका सचिव भीम गुरुङले बताएका थिए । पोखरामा ६२९ सहकारी संस्था छन् । एटिएम सेवा उपलब्ध गराउने पोखरा रोयल सहकारी जिल्लाकै पहिलो हो । सो सहकारीमा हाल पाँच हजार शेयर सदस्य आवद्ध छन् ।
वि.सं.२०७५ माघ ८ मंगलवार १६:३८ मा प्रकाशित