back
CTIZAN AD

कृषि उपजबाट एउटै वडामा भित्रियो तीन करोड

वि.सं.२०७५ माघ ११ शुक्रवार

861 

shares

११ माघ, गल्कोट । बागलुङ काँठेखोला गाउँपालिका –६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् ।

दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर त्यहाँका किसानले वार्षिक रु तीन करोड नौ लाख ५१ हजार ५०० आम्दानी गर्न सफल भएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । दूध तथा फलफूलजन्य उत्पादनका हिसाबले बिहुँ अत्यन्तै महत्वपूर्र्ण क्षेत्र हो । यस वर्ष मात्रै यहाँका कृषकले रु एक करोड ३५ लाख नौ हजार २०० मूल्य बराबरको दूध बेचेका छन् ।

त्यस्तै बिहुँमा सुन्तला र कागतीको बिक्रीबाट रु एक करोड ५० लाख ३० हजार २५०, केरा खेतीबाट रु आठ लाख ९५ हजार २००, अम्बा बेचेर रु ७५ हजार ३५०, कुखुरा पालनबाट रु पाँच लाख २० हजार १५० तथा अन्य अन्न बालीबाट रु तीन लाख ९० हजार भित्रिएको वडा कार्यालयले जनाएको छ ।

ब्राह्मण र दलित समुदायको बाहुल्य रहेको यस वडावासीको मुख्य आम्दानीको स्रोत कृषि पेशा नै रहेको छ । स्थानीय तहले पनि यस वडालाई कृषि क्षेत्रबाटै विकास गर्ने लक्ष्य लिएको छ ।

समुद्री सतहदेखि एक हजार २५ मिटरदेखि एक हजार ७९० मिटर उचाइमा खेतीयोग्य जमीन रहेको यस क्षेत्रमा दुई हजार १०० मिटर उचाइसम्म वन क्षेत्र फैलिएको छ ।

“कृषि पेशाकै माध्यमबाट यस वडालाई समुन्नत बनाउने योजना आगाडि बढाएका छौँ,” अध्यक्ष कँडेलले भने, “किसानलाई व्यावसायिक कृषिखेती गर्नका लागि विभिन्न अनुदानका कार्यक्रमसहित अगाडि बढेका छौं ।”

वडा कार्यालयले कृषि प्रोफाइल तयार गरेर उचाइ तथा मोहोडा, माटो, भू–बनोट तथा हावापानीको हिसाबले कुन ठाउँमा कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनेर किसानलाई मार्गदर्शन समेत गरेको छ । वडा कार्यालयले यस क्षेत्रका किसानलाई भूगोलका हिसाबले उपयुक्त मानिएको व्यावासायिक रुपमा सुन्तला, कागती, अम्बा, केरा, अलैँची, कफी र अम्रिसो लगाउन सिफारिस गरेको छ ।

परम्परागत तरिकाले खेती गर्दा जीविकोपार्जन गर्न मुस्किल भएको भन्दै वडाध्यक्ष कँडेलले युवाको बढ्दो विदेश पलाएन रोकी बाँझो जमीनलाई उर्वरभूमिमा रुपान्तरण गरेर सिङ्गो वडालाई नै समृद्ध बनाउने योजना रहेको बताए ।

वडा कार्यालयले कृषकलाई वर्गीकरण समेत गरेको छ । वडा कार्यालयमा सूचीकृत भएका ४७६ कृषकमध्ये २६८ सीमान्तकृत, १८१ निर्वाहमुखी, १९ साना कृषक, चार व्यवसायतर्फ उन्नमुख कृषक र चार सौखिन कृषक रहेको अध्यक्ष कँडेलले जानकारी दिए ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १६:१३ मा प्रकाशित

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...