
१८ माघ, काठमाडौं । सरकारले बीउ उत्पादन र निर्यातको नीति अबलम्बन गरे पनि बर्सेनि अर्बौ रुपैयाँको बीउ आयात भएको छ । बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार ४ बर्षको अबधिमा झण्डै ५ अर्व रुपैयाँको बीउ आयात भएको छ । यो औपचारिक रुपमा आयात भएको तथ्यांक हो । केन्द्रका अनुसार अनौपचारिक रुपमा पनि सोहि रकम बराबरको आयात हुँदै आएको छ ।
‘प्रत्येक पसलमा नयाँ जातको बीउ पाइन्छ । खुला सिमाका कारण साइकल ट्रयाक्टरमा पनि आयात भएको देखिन्छ,’ केन्द्रका अधिकारीले भने, ‘औपचारिक र अनौपचारिक गरेका बार्षिक ३ अर्बको आयात हुन्छ ।’ केन्द्रका बरिष्ठ बीउ विकास अधिकृत रमेश हुमागाईँका अनुसार मकै, धान र तरकारीको हाइब्रीड बढी आयात हुन्छ । यी बीउ भारत, चीन, थाइल्याण्ड, कोरिया, जापान लगायतका मुलुकबाट आयात हुन्छ । आजको कान्तिपुर दैनिकबाट