
१८ माघ, काठमाडौं । ताप्लेजुङ लगायत नेपालमा उत्पापदत अलैंचीको अन्तिम विन्दु कतारलगायत खाडी मुलुक हुन । नेपालबाट भारत हँुदै समुद्री मार्गबाट ती मुलुकमा अलैंची पुग्ने गरेको छ । उत्पादक र खपतकर्ता बीचको अन्तर भने गुणको पाइएको छ ।
अहिले कतारमा एककिलो अलैंचीको मुल्य ३६ सय रुपैयाँ छ । देशमै सबैभन्दा बढी अलैंची उत्पादन गर्न ताप्लेजुङमा भने प्रतिकिलो ६ सय रुपैयाँ । गाउँबाट सदरमुकाम ल्याइपु¥याउँदाको मूल्य हो यो ।
ताप्लेजुङ सदरमुकाम फुङलिङको मूल्य बिहिबार प्रतिमन (४० किलो) को २४ हजार र झापा बिर्तामोडको मूल्य २६ हजार रहेको अलैची व्यवसायी संघका अध्यक्ष बालमणि बरालले बताए । कतार पुगेका सिरिजंगा गाउँपालिका ३ सिकैचाका चन्द्र प्रकाश भट्टराई (सीपी) ले भने ‘कतारका व्यापारीले एक किलो अलैची १ सय २० दिराममा बेच्दा रहेछन् । उनको नेतृत्वमा रहेको वातावरण संरक्षण तथा विकास मञ्चले इसिमोडसँगको सहकार्यमा ताप्लेजुङमा तीन वर्ष अलैची सम्बन्धी कार्यक्रम गरेको थियो । आजको कान्तिपुर दैनिकबाट