back
CTIZAN AD

पत्रकारितामा महिलालाई गाह्रो

वि.सं.२०७५ माघ १८ शुक्रवार

750 

shares

१८ माघ, चितवन । पत्रकार महिलाले पत्रकारितामा टिक्न गाह्रो भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घको महिला विभागले बुधबार यहाँ आयोजना गरेको राष्ट्रिय भेलाका सहभागी महिला पत्रकारले महिला सञ्चार क्षेत्रमा टिकिरहन समस्या भएको गुनासो गरेका हुन् ।

सहभागीले सबै सञ्चार गृहमा सिसु स्याहार केन्द्र हुनुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मधु शाहीका अनुसार अधिकांश सहभागीले महिला र पुरुष दुवैलाई हुने गरी सिसु स्याहार केन्द्र हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा ३३ प्रतिशत पदाधिकारी सुनिश्चित हुनुपर्नेमा पनि जोड दिएका छन् ।
पोखरामा हुन लागेको साधारणसभामा विधान संशोधन गरी महिलाको प्रतिनिधित्वको विषय समावेश गर्नुपर्नेमा जोड दिएको अर्का केन्द्रीय सदस्य सिर्जना अर्यालले बताइन् । महासङ्घको विधान संशोधन गरी सङ्घीय संरचनामा पूर्णरुपमा लैजान पनि सहभागीले जोड दिएका छन् । कार्यक्रमको बन्द सत्रमा ‘पत्रकारितामा महिला सभागिता ः विगतदेखि वर्तमानसम्म’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पत्रकार बबिता बस्नेतले नेतृत्वमा महिलालाई पु¥याउनुपर्नेमा जोड दिएकी थिइन् ।

बस्नेतले नेतृत्वमा महिला पुग्न नसक्नुका कारण प्रस्ट पार्दै नेतृत्वमा पु¥याउनका लागि गर्नुपर्ने कार्यका बारेमा पनि कार्यपत्रमा समेटेकी छन् । बन्द सत्रको समापन गर्दै नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बिपुल पोखरेलले पत्रकार बन्ने कि पत्रकारको नेता बन्ने भन्ने विषय तय गरेर काम गर्न सुझाव दिएका थिए ।

सो अवसरमा दिइएको तथ्याङ्कअनुसार सञ्चार क्षेत्रमा महिलाको सहभागिता निकै न्यून रहेको छ । फ्रिडम फोरमका मिडिया अनुगमन अधिकृत नानुमाया खड्काले सन् २०१८ मा पत्रिका, अनलाइन र मोफसलका पत्रिकाको अनुगमन गर्दा महिलाको सहभागिता न्यून रहेको पाइएको बताइन् । फ्रिडम फोरमले नौ ब्रोडसिट पत्रिका, ६ अनलाइन र प्रदेशबाट प्रकाशित हुने २१ पत्रिकाको अनुगमन गरेको थियो । खड्काका अनुसार ती अनलाइन र पत्रिकामा महिलाको सहभागिता न्यून देखिएको हो ।

अनलाइनमा १८ प्रतिशत, ब्रोडसिट पत्रिकामा ९ प्रतिशत र प्रदेशका पत्रिकामा ११ प्रतिशत मात्र महिलाको बाइलाइन समाचार प्रकाशित भएको पाइएको छ । यसैगरी पत्रिकाको मुख्य पृष्ठमा २२ प्रतिशत महिलाका लेख समावेश भएका छन् भने स्रोतमा पनि महिला कमजोर देखिएका छन् । अनलाइनमा ११ प्रतिशत, ब्रोडसिटमा १२ प्रतिशत र प्रदेशका पत्रिकामा १४ प्रतिशत महिलाले स्रोत प्रयोग गरेको खड्काले बताइन् ।

उनले महिलाका अधिकांश समाचार सामाजिक भएको भन्दै राजनीतिक समाचारमा पनि महिला कमजोर रहेको बताइन् । मिडियामा महिलाको पहुँच कमजोर भएको उनले बताइन् । क्रमशः महिलाको प्रतिनिधित्व बढ्दो रहे पनि सन्तोषजनक रुपमा बढ्न नसकेको उनको भनाइ थियो । बन्द सत्रमा प्रदेश नं २ बाहेक सबै प्रदेशका महिला उपाध्यक्षले रिपोर्टिङ गर्नुभएको थियो । आजै बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको भेला शुक्रबार (आज) पटिहानी घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।

वि.सं.२०७५ माघ १८ शुक्रवार ०८:४६ मा प्रकाशित

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

ठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने...

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको दुःखद...

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म...

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,...

आज साउन १५, खिर खाएर मनाइँदै

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौँ । आज साउन १५ गते । नेपाली समाजमा खिर...

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित...