back
CTIZAN AD

चार न्यायाधीशलाई लिखित स्पष्टीकरण

वि.सं.२०७५ माघ १८ शुक्रवार

762 

shares

१८ माघ,  काठमाडौँ । न्याय परिषद्ले न्याय कार्यसम्पादनमा बदनियत देखिएको उजुरीका आधारमा चार न्यायाधीशलाई स्पष्टीकरण सोधेको छ ।

न्यायपालिकाको शुद्धीकरण अभियानक्रममा परिषद्ले तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्याय, ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वङ्गल आत्रेय, सर्लाहीका जिल्ला न्यायाधीश राजेश काफ्ले र भक्तपुरका जिल्ला न्यायाधीश मोहम्मद जुनैद आजादलाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो ।

परिषद्ले ती न्यायाधीशले न्याय सम्पादन गर्दाको कार्यसम्पादनका विषयमा जाँचबुझ गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराइको संयोजकत्वमा तीन सदस्सीय कमिटी गठन गरेको छ ।

सदस्यमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना र उच्च अदालत न्यायाधीश टेकप्रसाद ढुङ्गाना रहनुभएको छ । परिषद्को मङ्गलबारको बैठकले ती न्यायाधीशले बदनियतपूर्वक काम गरेको हुँदा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यसअघि पनि परिषद्ले न्यायाधीशले वदनियतपूर्वक काम गरेको आरोपमा केही न्यायाधीशलाई काज सरुवा गरेको थियो ।

वि.सं.२०७५ माघ १८ शुक्रवार ०८:४९ मा प्रकाशित

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका...

मधेशलाई अशान्त हुन नदिन रास्वपा सांसद अमरेशकुमार सिंहको अपिल

मधेशलाई अशान्त हुन नदिन रास्वपा सांसद अमरेशकुमार सिंहको अपिल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा संघीय...

डाक्टर काममा फर्किए लगत्तै नर्सको आन्दोलन सुरु

डाक्टर काममा फर्किए लगत्तै नर्सको आन्दोलन सुरु

काठमाडौं । चिकित्सकहरूको आन्दोलन अन्त्य भएलगतै देशभरका अस्पतालमा स्वास्थ्य सेवा...

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

काठमाडौं । चिकित्सकमाथि भएका आक्रमणका घटनाको विरोधमा दुई दिनदेखि अवरुद्ध...

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई...

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न...