back
CTIZAN AD

पाँच लाख घुस लिएको अभियोगमा अदालतका नासु पक्राउ

वि.सं.२०७५ माघ १८ शुक्रवार

858 

shares

१८ माघ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेलाई रु पाँच लाख घूस लिएको अभियोगमा बिहिबार पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनलाई बबरमहलबाट पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । यस्तै आयोगले यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालयका आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले परीक्षामा अनुत्र्तीण भएका तथा ट्रायलमा समेत असफल भएका ६२९ सवारी चालकलाई गैरकानुनी रुपमा सवारी चालक अनुमतिपत्र दिएको पाइएको छ । गत साउन १६ गतेदेखि असोज २४ गतेसम्म एकान्तकुना कार्यालयबाट विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा असफल भएका र अनुपस्थित भएकालाई समेत सवारी चालक अनुमतिपत्र दिएको पाइएको आयोगले जनाएको छ ।

सवारी चालक अनुमति पत्र जारी गर्ने समेतका कार्यमा संलग्न यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय, वाग्मती एकान्तकुनामा कार्यरत शाखा अधिकृतहरु भक्तबहादुर विष्ट, विष्णुप्रसाद सुवेदी, यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय ठूलोभ¥याङ काठमाडौँका कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी, कम्प्युटर अपरेटरहरु जयनारायण चौधरी र सचिनकुमार सिंहविरुद्ध मुद्दा दायर गरेको छ ।

यस्तै तत्कालीन यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुना हाल कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका कम्प्युटर अपरेटर अमितकुमार साह, हाल मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अपरेटर विजयराम वनमाला र हाल प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अपरेटर मदनकुमार साहसमेत आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

वि.सं.२०७५ माघ १८ शुक्रवार ०८:५१ मा प्रकाशित

मधेशलाई अशान्त हुन नदिन रास्वपा सांसद अमरेशकुमार सिंहको अपिल

मधेशलाई अशान्त हुन नदिन रास्वपा सांसद अमरेशकुमार सिंहको अपिल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा संघीय...

डाक्टर काममा फर्किए लगत्तै नर्सको आन्दोलन सुरु

डाक्टर काममा फर्किए लगत्तै नर्सको आन्दोलन सुरु

काठमाडौं । चिकित्सकहरूको आन्दोलन अन्त्य भएलगतै देशभरका अस्पतालमा स्वास्थ्य सेवा...

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

काठमाडौं । चिकित्सकमाथि भएका आक्रमणका घटनाको विरोधमा दुई दिनदेखि अवरुद्ध...

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई...

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न...

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...