back
CTIZAN AD

प्रमद्वारा रात्रिकालीन हवाई उडानको उद्घाटन

वि.सं.२०७५ माघ १८ शुक्रवार

711 

shares

१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको रात्रिकालीन उडानको विहिबार साँझ उद्घाटन गरेका छन् ।

विसंं २०२६ मा स्थापना भएको चन्द्रगढी विमानस्थल पचास वर्षमा मात्र रात्रिकालीन उडानका लागि आधुनिक प्रविधिले सुविधायुक्त भएको हो । पन्ध सय मिटर लामो धावनमार्गमा रहेको रनवे लाइटको ‘स्विच अन’ गरेर प्रधानमन्त्री ओलीले रात्रिकालीन उडानको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओली यती एयरलायन्सको रात्रिकालीन उडानमार्फत भद्रपुरबाट काठमाडौँ फर्केका हुन् । चन्द्रगढी विमानस्थलबाट हाल यती एयरले दैनिक दुई, बुद्ध एयरले दैनिक दुई, श्रीएयरले दैनिक दुई र नेपाल एयरलायन्सले सातामा तीन दिन काठमाडौँसम्मको हवाई यातायात सञ्चालन गर्दै आएका छन् ।

विमानस्थलका प्रमुख पूर्ण चुडालका अनुसार अब राति जुनसुकै बेला हवाई यातायात सञ्चालनका लागि चन्द्रगढी विमानस्थल सुविधायोग्य बनेको छ । यती एयरलायन्सले विहिबारदेखि सन्ध्याकालीन एक उडान नियमित रुपमा गर्ने जनाएको छ भने बुद्ध एयरले दश दिनपछि नियमित रात्रि उडान गर्ने भएको छ ।

ट्राभल्स सङ्घ झापाका उपाध्यक्ष गोपाल खनालले चन्द्रगढीबाट पोखरा र अन्य गन्तव्यमा हवाई यातायात सञ्चालन गर्न सके पर्यटक लाभान्वित हुने बताएका छन् ।

होटल हिकोला हेरिटेजका प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले रात्रिकालीन उडान शुरु भएपछि झापाको ट्राभल्स र होटल व्यवसायीले प्रत्यक्ष रुपमा लाभ पाउने र पर्यटक बढ्ने बताए ।

बुद्ध एयरका सेफ्टी डाइरेक्टर रञ्जन शर्माले चन्द्रगढी विमानस्थलमा कम्तीमा अब दुई हजार २०० भिजिबिलिटीसम्म हवाईजहाज उडान भर्न र अवतरण गर्न सुरक्षित भएको बताएका छन् ।

उद्घाटन अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वाधार विकास तथा भौतिक योजनामन्त्री रघुवीर महासेठ लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ माघ १८ शुक्रवार ०९:०० मा प्रकाशित

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...