back
CTIZAN AD

भेनेजुएलामा प्रतिपक्षीहरूद्वारा विशाल प्रदर्शन

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

996 

shares

१२ कात्तिक, काराकस (भेनेजुएला) । राष्ट्रपति निकोलास मडुरोलाई पदत्याग गर्न दबाब दिने उद्देश्यले भेनेजुएलाका प्रमुख प्रतिपक्षी दलहरूले बिहीबार देशभरी विशाल विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबारका दिन १२ घण्टे आम हडताल गर्न आह्वान गर्दै प्रदर्शनकारी प्रतिपक्षी नेताहरूले आगामी दिनहरूमा लगातार आन्दोलन गर्ने थप कार्यक्रहरू पनि अघि सारेका छन् ।

संसदमा बहुमत रहेका प्रतिपक्षीहरूले राजधानी काराकसको मूल सडकमा शक्ति प्रदर्शन गर्दै हाल मुलुकले बेहोर्नु परेको आर्थिक सङ्कट राष्ट्रपति मडुरोकै कारण उत्पन्न भएको भनी दोषारोपण पनि गरेका छन् ।

राष्ट्रिय सभाका सभामुख हेनरी रामोस अलुपले आमसभामा “ बिहीबारको विशाल विरोध प्रदर्शनबाट भेनेजुएलाका जनताहरूले राष्ट्रपति मडुरो अपदस्थ भएको घोषणा गरे भन्ने प्रष्ट भएको छ” भनी उद्घोष गर्दा उपस्थित प्रदर्शनकारीहरूले ताली बजाएर नाराबाजीसहित समर्थन गरे ।

सभामुख अलुपसहित प्रदर्शनकारीहरूको एक विशाल जुलुस आगामी ३ नोभेम्बरका दिन पैदलयात्रा (¥याली) गर्दै राष्ट्रपति भवन कब्जा गर्न जाने कार्यक्रम रहेको पनि सो आमसभामा घोषणा भयो ।

प्रतिपक्षी प्रदर्शनकारीहरूले राजधानी काराकसमा मात्र करिब १२ लाख जनता सडकमा उत्रेको दाबी गरेका छन् ।

अर्काेतर्फ, हजारौँ व्यक्तिले पनि राष्ट्रपति भवन बाहिर भेला भई राष्ट्रपति मडुरोको समर्थनमा प्रदर्शन गरेका छन् ।

सन् १९९९ देखि नै राष्ट्रपतिलाई हटाउन वा अभियोग लगाउन संसदीय मतदान प्रक्रियामा जाने कुनै संवैधानिक प्रावधान नै छैन भन्ने सरकारी पक्षको दाबी छ । तर प्रतिपक्षीहरू यो भनाइ मान्न तयार छैनन् ।

जबर्जस्ती विद्रोह गरी आफूलाई अपदस्थ गर्ने प्रपञ्च रच्दै प्रतिपक्षीहरू षडयन्त्रमा लागेको भनी राष्ट्रपति मडुरोले आक्रोश पोख्नु भएको छ ।

यसैबीच राष्ट्रपति मडुरो समर्थक र आन्दोलनकारी जनताहरूबीच देशका विभिन्न स्थानमा मुठभेड र झडप भई रहेका समाचार आइरहेका छन् ।

भेनेजुएलाको उत्तरपश्चिमी नगर माराकाइबोमा सरकारी पक्षबाट तीन जना प्रदर्शनकारीमाथि गोली हानिएको, कम्तीमा बीसजनालाई घाइते बनाइएको र देशभरीबाट ८० जनालाई पक्राउ गरी थुनामा राखिएको भनी भेनेजुएलाली मानव अधिकारकर्मीहरूको एउटा समूह “फोरो पेनाल” ले दाबी गरेको छ ।

यस अघि मुलुकको राजनीतिक सङ्कट समाधानका लागि वार्ता गर्न तयार भएको भनी सरकारी पक्षबाट दाबी गरिएका भेनेजुएलाको प्रतिपक्षी दलका एकजना शीर्ष नेताले यस्तो प्रचार र सरकारी पक्षले क्रिश्चियन आदरणीय धर्मगुरु पोप फ्रान्सिसलाई पनि यस विवादमा मुछेका कारण वार्ता अस्वीकार गरेका थिए ।

राष्ट्रपति निकोलस मडुरोलाई पदबाट हटाउने प्रयास भइरहेको यस अवस्थामा आफू सरकारसँग वार्ता गर्न तयार भएको भन्ने सरकारी पक्षको घोषणा र प्रचार “विपक्षीको दबाब खेप्न र कुर्सीमा टाँसिइरहन सकिन्छ कि भन्ने मनसायले प्रेरित रहेको” भनी विपक्षी गठबन्धन एमयुडिका शीर्षनेता हेनरिक क्यप्रिल्सले टिप्पणीसमेत गरेका थिए ।

यसअघि, मुलुकको सङ्कट समाधानार्थ सरकार एवं प्रतिपक्ष दुवैथरी अक्टोबर ३० देखि औपचारिक वार्ता र छलफलमा बस्न सहमत भएका भनी भ्याटिकनका प्रतिनिधि इमिल पाउल छिरिगले काराकसमा बताएका थिए ।

भ्याटिकन सिटीमा पोपसँग राष्ट्रपति मडुरोले गर्नु भएको एकान्त कुराकानीपछि प्रतिपक्ष वार्तामा बस्ने घोषणाको प्रचार गरिएको थियो ।

यस्तो प्रचारले चरम राजनीतिक सङ्कट र खाद्यान्नको अभावले आक्रान्त मुलुकमा सङ्कट समाधानको निकै आशा जगाएको थियो । एएफपी

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ०७:२९ मा प्रकाशित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

नयाँ दिल्ली । भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा...