Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

भेनेजुएलामा प्रतिपक्षीहरूद्वारा विशाल प्रदर्शन



१२ कात्तिक, काराकस (भेनेजुएला) । राष्ट्रपति निकोलास मडुरोलाई पदत्याग गर्न दबाब दिने उद्देश्यले भेनेजुएलाका प्रमुख प्रतिपक्षी दलहरूले बिहीबार देशभरी विशाल विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबारका दिन १२ घण्टे आम हडताल गर्न आह्वान गर्दै प्रदर्शनकारी प्रतिपक्षी नेताहरूले आगामी दिनहरूमा लगातार आन्दोलन गर्ने थप कार्यक्रहरू पनि अघि सारेका छन् ।

संसदमा बहुमत रहेका प्रतिपक्षीहरूले राजधानी काराकसको मूल सडकमा शक्ति प्रदर्शन गर्दै हाल मुलुकले बेहोर्नु परेको आर्थिक सङ्कट राष्ट्रपति मडुरोकै कारण उत्पन्न भएको भनी दोषारोपण पनि गरेका छन् ।

राष्ट्रिय सभाका सभामुख हेनरी रामोस अलुपले आमसभामा “ बिहीबारको विशाल विरोध प्रदर्शनबाट भेनेजुएलाका जनताहरूले राष्ट्रपति मडुरो अपदस्थ भएको घोषणा गरे भन्ने प्रष्ट भएको छ” भनी उद्घोष गर्दा उपस्थित प्रदर्शनकारीहरूले ताली बजाएर नाराबाजीसहित समर्थन गरे ।

सभामुख अलुपसहित प्रदर्शनकारीहरूको एक विशाल जुलुस आगामी ३ नोभेम्बरका दिन पैदलयात्रा (¥याली) गर्दै राष्ट्रपति भवन कब्जा गर्न जाने कार्यक्रम रहेको पनि सो आमसभामा घोषणा भयो ।

प्रतिपक्षी प्रदर्शनकारीहरूले राजधानी काराकसमा मात्र करिब १२ लाख जनता सडकमा उत्रेको दाबी गरेका छन् ।

अर्काेतर्फ, हजारौँ व्यक्तिले पनि राष्ट्रपति भवन बाहिर भेला भई राष्ट्रपति मडुरोको समर्थनमा प्रदर्शन गरेका छन् ।

सन् १९९९ देखि नै राष्ट्रपतिलाई हटाउन वा अभियोग लगाउन संसदीय मतदान प्रक्रियामा जाने कुनै संवैधानिक प्रावधान नै छैन भन्ने सरकारी पक्षको दाबी छ । तर प्रतिपक्षीहरू यो भनाइ मान्न तयार छैनन् ।

जबर्जस्ती विद्रोह गरी आफूलाई अपदस्थ गर्ने प्रपञ्च रच्दै प्रतिपक्षीहरू षडयन्त्रमा लागेको भनी राष्ट्रपति मडुरोले आक्रोश पोख्नु भएको छ ।

यसैबीच राष्ट्रपति मडुरो समर्थक र आन्दोलनकारी जनताहरूबीच देशका विभिन्न स्थानमा मुठभेड र झडप भई रहेका समाचार आइरहेका छन् ।

भेनेजुएलाको उत्तरपश्चिमी नगर माराकाइबोमा सरकारी पक्षबाट तीन जना प्रदर्शनकारीमाथि गोली हानिएको, कम्तीमा बीसजनालाई घाइते बनाइएको र देशभरीबाट ८० जनालाई पक्राउ गरी थुनामा राखिएको भनी भेनेजुएलाली मानव अधिकारकर्मीहरूको एउटा समूह “फोरो पेनाल” ले दाबी गरेको छ ।

यस अघि मुलुकको राजनीतिक सङ्कट समाधानका लागि वार्ता गर्न तयार भएको भनी सरकारी पक्षबाट दाबी गरिएका भेनेजुएलाको प्रतिपक्षी दलका एकजना शीर्ष नेताले यस्तो प्रचार र सरकारी पक्षले क्रिश्चियन आदरणीय धर्मगुरु पोप फ्रान्सिसलाई पनि यस विवादमा मुछेका कारण वार्ता अस्वीकार गरेका थिए ।

राष्ट्रपति निकोलस मडुरोलाई पदबाट हटाउने प्रयास भइरहेको यस अवस्थामा आफू सरकारसँग वार्ता गर्न तयार भएको भन्ने सरकारी पक्षको घोषणा र प्रचार “विपक्षीको दबाब खेप्न र कुर्सीमा टाँसिइरहन सकिन्छ कि भन्ने मनसायले प्रेरित रहेको” भनी विपक्षी गठबन्धन एमयुडिका शीर्षनेता हेनरिक क्यप्रिल्सले टिप्पणीसमेत गरेका थिए ।

यसअघि, मुलुकको सङ्कट समाधानार्थ सरकार एवं प्रतिपक्ष दुवैथरी अक्टोबर ३० देखि औपचारिक वार्ता र छलफलमा बस्न सहमत भएका भनी भ्याटिकनका प्रतिनिधि इमिल पाउल छिरिगले काराकसमा बताएका थिए ।

भ्याटिकन सिटीमा पोपसँग राष्ट्रपति मडुरोले गर्नु भएको एकान्त कुराकानीपछि प्रतिपक्ष वार्तामा बस्ने घोषणाको प्रचार गरिएको थियो ।

यस्तो प्रचारले चरम राजनीतिक सङ्कट र खाद्यान्नको अभावले आक्रान्त मुलुकमा सङ्कट समाधानको निकै आशा जगाएको थियो । एएफपी


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन