Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

डुङ्गा डुब्दा नब्बेभन्दा बढी बेपत्ता



१२ कात्तिक, त्रिपोली । आप्रपासीहरू सवार रहेको एक डुङ्गा लिबियाको तटीय क्षेत्रमा दुर्घटना हुदाँ ९० भन्दा बढी व्यक्ति वेपत्ता भएको लिबियाली तटीय गार्डले बुधबार जानकारी दिएका छन् ।

तटीय गार्डका प्रवक्ताका अनुसार सो डुङ्गामा १२९ व्यक्ति सवार रहेका र त्यसमा २९ जनालाई भने उद्धार गरिएको थियो ।

बेपत्ता रहेका यात्रुहरूमा तीन महिला र एक बालकसमेत रहेको बताइएको छ ।

सो डुङ्गा लिबियाको राजधानी त्रिपोलीबाट ५० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्र गराबुल्लीबाट प्रस्थान गरेको थियो ।

‘डाक्टर विथआउट बोर्डस्’का अनसार लिबियाको तटीय क्षेत्रमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा २५ आप्रवासीको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी उच्च आयोगका अनुसार सन् २०१६ मा आप्रवासी सवार डुङ्गा दुर्घटनामा तीन हजार ७४० मृत्यु भइसकेको छ । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम