back
CTIZAN AD

चार दिनदेखि अवरुद्ध सडक सञ्चालन

वि.सं.२०७५ माघ २२ मंगलवार

729 

shares

२२ माघ, कञ्चनपुर ।स्तरोन्नतिको माग राख्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका बासिन्दाले चार दिनदेखि अवरुद्ध गरेको कलुवापुर–बेलौरी सडक सोमबारदेखि सञ्चालनमा आएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, वडाध्यक्ष, सडक निर्माण ठेकेदार कम्पनीका प्रतिनिधिलगायतको रोहवरमा सडक कालोपत्र तत्काल शुरु गर्ने सहमतिपछि आन्दोलित बासिन्दाले सडक सञ्चालन गर्न सहमत भएका हुन् ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका इञ्जिनीयर धीरेन्द्र भट्टले भर्खरै मात्र सडक डिभिजन कार्यालयबाट सडक हेर्ने जिम्मा प्रदेश सरकारमा आएको र सो सम्बन्धी फाइल आउन ढिला हँुदा कालोपत्रको कार्य ढिलो भएको बताए । सन्तोषी–थेगिम जेभी ठेकेदार कम्पनीका प्रतिनिधि दीपक जोशीले सोमबारदेखि सडक निर्माणको काम अगाडि बढाउने बताए ।

प्रदेशसभा सदस्य खड्काले गत असोजदेखि सडक स्तरोन्नतिका काम अगाडि बढाउन ठेकेदार कम्पनीसँग सहमति भए पनि सडक डिभिजन कार्यालय केन्द्र सरकारले प्रदेश सरकार जिम्मा दिएपछि फाइल मिलान, हिसाब हेर्न र ‘स्टिमेट’ हेर्न समय लागेका कारण ढिलाइ हुन गएको बताए ।

ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलाइ गरेकै कारण ठेकेदार कम्पनीले पाउनुपर्ने रु एक करोड रोकेका छौँ, उनले भने, “सडक निर्माणका लागि गिट्टी तयार गर्न लगाइसकेका छौँ । कागजी प्रक्रिया मिलाउँदै गरौँला, काम शुरु गर्न भनेका छौँ ।”पहिलो चरणमा कलुवापुरदेखि स्याली नदीसम्म र दोस्रो चरणमा स्याली नदीदेखि बेलौरीसम्म सडक निर्माण गरिने उनले जानकारी दिए ।

वि.सं.२०७५ माघ २२ मंगलवार १०:०० मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...