back

किरियापुत्री भवनलाई साढे तीन लाख

वि.सं.२०७५ माघ २२ मंगलवार

438 

shares
GLOBAL IME AD
NTC AD

२२ माघ, दमौली । तनहुँको दमौलीमा बन्दै गरेको किरियापुत्री भवनका लागि व्यवसायी धु्रवकुमार प्रधानले रु तीन लाख ५१ हजार सहयोग गरेका छन् ।

प्रधानले उक्त रकमको चेक जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेको रोहवरमा भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई सोमबार हस्तान्तरण गरे । प्रधानले भने, “व्यवसायबाट आर्जन भएको केही रकम सामाजिक क्षेत्रमा खर्चने इच्छाबमोजिम भवन निर्माणका लागि सहयोग गरेको हुँ ।”

भवन निर्माण समितिका अध्यक्ष लम्सालले भने, ‘शहरको साँघुरो र घना बसाइँमा काजकिरिया कर्म पारम्पारिक ढङ्गले सम्पन्न गर्न कठिनाइ भएको महुसुस गरी भवन निर्माण शुरु गरेका हौ ।’उनका अनुसार भवन निर्माणका लागि मङ्सिर मसान्तसम्म रु २७ लाख ३६ हजार ८७१ प्राप्त भएको छ । भवन निर्माण गर्न जिल्लाका विभिन्न व्यक्ति तथा सङ्घसंस्था, जिल्ला बाहिरका व्यवसायी र विदेशमा रहेका नेपालीले सहयोग गरेका छन् ।

भवन निर्माणमा हालसम्म रु ४८ लाख ९७ हजार ३ सय ४८ खर्च भएको छ । भवन निर्माणका लागि सहयोग आउने क्रम जारी रहेकाले कोठा थप गर्ने योजना बनाइएको छ । भवनमा कुरुवाहरु बस्ने कक्षबाहेक आठ कोठा रहेको छ ।

वि.सं.२०७५ माघ २२ मंगलवार १०:०९ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली...

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...