back
CTIZAN AD

दोहोरो कर लगाएको भन्दै अटो व्यवसायी धर्नामा

वि.सं.२०७५ माघ २३ बुधवार

846 

shares

२३ माघ,सुर्खेत ।  सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा मङ्गलबारदेखि धर्नामा बसेका छन् ।

उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन् । अटो व्यवसायी खडगबहादुर दर्लामीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा रु चार हजार ५०० तिरेर पञ्जीकरण गरिसक्दा नगरपालिकाले थप रु पाँच हजार कर लादेको आरोप लगाए ।

“नगरपालिकाले यति ठूलो कर लगाएर हामी व्यवसायीको ढाड सेक्ने काम गरेको छ”, दर्लामीले भने, “न्यायिक कर लगाएर अटो व्यवसायीलाई व्यवस्थापन गरियोस ।” व्यवसायीमैत्री कर निर्धारण गर्न राखिएको माग पूरा नगरिए स्थानीय सरकारका विरुद्ध सडक आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वार्षिक रु पाँच हजार व्यावसायिक कर लगाइएको जनाए । “ऐनले स्पष्ट तोकेका आधारमा स्थानीय सरकारले अटो व्यवसायीको सुरक्षा, पार्किङ र व्यवस्थापनका लागि व्यावसायिक कर निर्धारण गरेको छ”, उपप्रमुख ढकालले भने, “यसका लागि हामीले कार्यविधि पनि पारित गरेका छौँ ।”

यसअघि दर्ता प्रक्रियामा आउन अटो व्यवसायीलाई सूचना जारी गरिसकेको जनाउँदै उहाँले व्यवसायीका लिखित गुनासो प्राप्त भएअनुसार नगरसभाबाट सम्बोधन गरिने बताए । हाल सुर्खेतमा दुई हजार २०० अटो सञ्चालन हुँदै आएको व्यवसायीले बताएका छन् ।

वि.सं.२०७५ माघ २३ बुधवार १३:१० मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...