back
CTIZAN AD

विद्युत् चुहावट नियन्त्रणमा सफलता

वि.सं.२०७५ माघ २३ बुधवार

699 

shares

२३ माघ, काठमाडौ । लामो सयमदेखि विकराल समस्याका रुपमा रहेको विद्युत् चुहावटलाई गुणात्मकरुपमा घटाउन नेपाल विद्युत् प्राधिकरण सफल भएको छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महीनामा विद्युत् चुहावट १५।४५ प्रतिशतमा सीमित भएको छ ।

प्राधिकरणले चालू आवमा १८।५० प्रतिशत विद्युत् चुहावट सीमित गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०७४-७५ को अन्त्यमा प्राधिकरणको प्रणालीमा २०।४५ प्रतिशत विद्युत् चुहावट रहेको थियो । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत् चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको थियो ।

सरकारको स्पष्ट निर्देशन, प्राधिकरणको प्रभावकारी एवं व्यावहारिक कार्यान्वयन तथा सुरक्षाकर्मीको सक्रिय सहयोगका कारण चुहावट नियन्त्रणमा ऐतिहासिक सफलता मिलेको हो । प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् चुहावट नियन्त्रणका लागि श्वेतपत्रमार्फत स्पष्ट निर्देशन दिएको थियो । गत वैशाखामा जारी गरिएको श्वेतपत्रमा चुहावट घटाउनु पनि ऊर्जा उत्पादन गरेसरह हुने भन्दै प्रभावकारीरुपमा काम गर्न प्राधिकरणलाई आवश्यक सहजीकरण गरिरहेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकैरुपमा चालिएका कदमले विद्युत् चुहावटमा ऐतिहासिक सफलता मिलेको बताउनुभयो । रासससँग कुरा गर्दै उनले २५।७८ प्रतिशत रहेको चुहावटलाई घटाएर न्यून बिन्दुमा ल्याउन सफलता मिलेको बताए ।

आव २०७२÷७३ मा २५।७८ प्रतिशत चुहावट रहेकामा आव २०७३÷७४ मा २२।९ मा झरेको थियो । चालू आवको बाँकी अवधिमा पनि अभियानात्मकरुपमा नै चुहावट नियन्त्रण गर्ने योजनामा प्राधिकरण लागेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवाअन्तर्गतका कर्मचारी दिन–रात नभनी खटिएका कारण पनि चुहावट नियन्त्रणमा ऐतिहासिक सफलता मिलेको हो । प्राधिकरणका अनुसार करीब १० प्रतिशतको चुहावट नियन्त्रण मात्रै हुनसक्यो भने वार्षिक रु सात अर्ब थप आम्दानी गर्नेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत चुहावट घटाउने, संस्थाभित्रको आर्थिक तथा प्रशासनिक बेथिति नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्नेलगायतका निर्देशन प्राधिकरणलाई निर्देशन दिए । गृह, ऊर्जामन्त्री तथा सचिव, प्रहरी महानिरीक्षक लगायतको संयुक्त बैठकले बैठकले विद्युत् चोरी नियन्त्रणका लागि स्थानीय प्रशासन र प्रहरीलाई व्यापकरुपमा परिचालन गर्ने निर्णय गरेको थियो ।

विद्युत् चोरी नियन्त्रण अभियानमा गृृह मन्त्रालय, जिल्ला प्रशासन तथा सुरक्षा निकायबाट निरन्तर साथ र सहयोग पाइरहेका कारण पनि ऐतिहासिक सफलता मिलेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

काठमाडौँ क्षेत्रीय कार्यालयको गत वर्षको चुहावट ७।९४ प्रतिशत रहेकामा चालू आवको पाँच महीनामा घटेर ७।७९ प्रतिशत घटेको छ । यस्तै भक्तपुर वितरण केन्द्रको चुहावट दुई वर्षअघि करीब ४० प्रतिशत रहेकामा अहिले पछिल्लो समयमा घटेर १३।७२ प्रतिशतमा सीमित भएको छ ।

लगनखेल वितरण केन्द्रको दुई वर्षअघि करीब १५ प्रतिशत रहेको चुहावट घटेर ६।४१ मा झरेको छ । हेटौँडा क्षेत्रीय कार्यालय मातहतका कार्यालयको चुहावट १३।९१ प्रतिशत रहेकामा पछिल्लो दिनमा घटेर ६।६६ प्रतिशतमा झरेको छ ।

उद्योग करिडोर रहेको वीरगञ्ज, सिमरा र हेटौँडा वितरण केन्द्रले चुहावट घटाएका कारण हेटौँडा क्षेत्रीय कार्यालयको चुहावटमा उल्लेख्य गिरावट आएको हो । गत असारसम्म १०।७२ प्रतिशत रहेको चुहावट गत मङ्सिरसम्ममा घटेर २।५० मा झरेको छ । दुई वर्षअघि ७० प्रतिशत चुहावट रहेको कलैया वितरण केन्द्रको अहिले घटेर ३९।९५ प्रतिशतमा झरेको प्राधिकरणले उपलब्ध गराएको विवरणमा समावेश छ ।

विराटनगर क्षेत्रीय कार्यालयको चुहावट १४।५१ प्रतिशत रहेकामा घटेर ११।६१ प्रतिशतमा सीमित भएको छ । कूल १४।१४ प्रतिशत चुहावट रहेको बुटवल क्षेत्रीय कार्यालयको चुहावट १३।२८ प्रतिशत, पोखरा क्षेत्रीय कार्यालयको चुहावट ११।४१ प्रतिशत रहेकामा घटेर ८।६१ प्रतिशतमा सीमित भएको छ ।

जनकपुर, नेपालगञ्ज र अत्तरिया क्षेत्रीय कार्यालयको चुहावट पनि उल्लेख्य मात्रामा घटेको छ । प्राधिकरणले दुई वर्षमा पाँच हजार थान ट्रान्सफर्मर थप गरेको छ भने अगामी एक वर्षमा थप १० हजार थान थप्ने लक्ष्य राखेको छ ।

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि अभियानात्मकरुपमा नै काम गरिरहेको छ । त्यस्तै मिटर लिन प्रोत्साहित गर्न सुकुम्बासीलाई पनि मिटर सहजरुपमा दिने, स्थानीय तहको सिफारिशबिना नै मिटर जडान गर्ने, अति विपन्नलाई निःशुल्क मिटर वितरण गरेका कारण चुहावट नियन्त्रणमा सफलता मिलेको हो ।

वि.सं.२०७५ माघ २३ बुधवार १३:३४ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...