back
CTIZAN AD

वनमौरी लोपोन्मुख हुँदै

वि.सं.२०७५ माघ २३ बुधवार

2.1K 

shares

२३ माघ, कञ्चनपुर ।कञ्चनपुरमा वन भीर मौरीको वासस्थान नासिँदै जान थालेपछि लोपोन्मुख अवस्थामा पुगेको छ । बस्ती वरपरका रुख, झाडीमा घार बनाई बस्ने वन मौरी आजभोलि देख्न मुस्किल हुन थालेको छ ।

मौरीले घार बनाउन रुचाउने रुख अवैध रुपमा कटानी भएपछि र झाडी मासेर बस्ती बसेसँगै वनमौरी लोपोन्मुख अवस्थामा पुगेको हो । लालपूर्जावाला जग्गाको प्रमाण देखाएर वनका कर्मचारीको मिलेमतोमा ऐलानी जग्गामा रहेका रुख धमाधम काटेर नासिएसँगै वन मौरीको सङ्ख्यामा समेत कमी आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रका बस्तीमा रहेका सिमललगायतका रुख अवैध रुपमा कटानी तीव्र हँुदै गएसँगै वन मौरीसमेत देखिन छाडेको स्थानीयवासी धनुराम रानाले बताए ।

विगतमा सिमलको एकै रुखमा सात देखि १० वटासम्म वनमौरीले घार बनाएर बस्ने गरेको भेटिन्थ्ये उनले भन्नुभयो,“सिमल कटानीसँगै वनमौरी देख्न समेत दुर्लभ भएको छ ।”

निकुञ्जको मध्यवर्ती क्षेत्र र सामुदायिक वन नजिकका क्षेत्रमा सिमलका रुख देख्न समेत दुर्लभ हुन थालेको छ । वन मौरी नासिनुको अर्को कारण जलवायु परिवर्तनको असर समेत भएको कृष्णबहादुर ठगुन्नाले भन्नुभयो, “चिसोमा धेरै चिसो र गर्मीमा धेरै गर्मी हुने हावाहुरीको स्वरुपमा समेत विगतको तुलनामा निकै फेरबदल भएकाले वातावरण अनुरुप ढाल्न नसक्दा वन मौरी लोपोन्मुख अवस्थामा पुग्न थालेको छ ।”

वन मौरीले तोरीबाट मह बनाउन मन पराउने भए पनि त्यसमा विषादीको अत्यधिक प्रयोगले मौरी मर्ने गरेका छन् । सीप नभएका व्यक्तिले मौरीको घारमा आगो लगाई मह काड्ने गरेकाले पनि अधिकांश मौरी मर्ने गरेकाले पनि वन मौरीको अस्तित्व सङ्कटमा परेको छ ।

वि.सं.२०७५ माघ २३ बुधवार १४:२१ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...