Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु



१३ कात्तिक, इनरुवा । सुनसरीमा बसको ठक्करबाट शुक्रबार एक साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी–१६ एकम्वा बस्ने १८ वर्षीया प्रतिमा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भासी–५ स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७३९४ नंको बसले साइकल यात्रीलाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो ।

चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले उपचारका लागि जिल्ला अस्पताल इनरूवामा ल्याई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलाको शव फेला

सप्तकोसी नदीमा शुक्रबार बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

सुनसरी हरिपुर गाविस–९ स्थित सप्तकोसी नदीमा पानीले बगाई ल्याएको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अन्दाजी ६५ वर्षीया मङ्गोलियन अनुहारको कानमा पहेँलो धातुको मुन्द्री लगाएकी, हातमा सेतो धातुको चुरा लगाएकी, उचाइ ४ फिट भएकी शरीर पातलो, नग्न अवस्थामा महिलाको शव फेला परेको हो । शव नदीबाट बाहिर निकाल्दा मुखबाट हल्का रगत निस्किएको देखिएको प्रहरीले जनाएको छ ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी