back
CTIZAN AD

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

वि.सं.२०७३ कात्तिक १३ शनिवार

849 

shares

१३ कात्तिक, इनरुवा । सुनसरीमा बसको ठक्करबाट शुक्रबार एक साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी–१६ एकम्वा बस्ने १८ वर्षीया प्रतिमा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भासी–५ स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७३९४ नंको बसले साइकल यात्रीलाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो ।

चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले उपचारका लागि जिल्ला अस्पताल इनरूवामा ल्याई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलाको शव फेला

सप्तकोसी नदीमा शुक्रबार बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

सुनसरी हरिपुर गाविस–९ स्थित सप्तकोसी नदीमा पानीले बगाई ल्याएको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अन्दाजी ६५ वर्षीया मङ्गोलियन अनुहारको कानमा पहेँलो धातुको मुन्द्री लगाएकी, हातमा सेतो धातुको चुरा लगाएकी, उचाइ ४ फिट भएकी शरीर पातलो, नग्न अवस्थामा महिलाको शव फेला परेको हो । शव नदीबाट बाहिर निकाल्दा मुखबाट हल्का रगत निस्किएको देखिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०३:०० मा प्रकाशित

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...