back

सिल्क रोड एसियाको गौरव– पूर्वप्रधानमन्त्री भट्टराई

वि.सं.२०७३ कात्तिक १३ शनिवार

627 

shares
IME Limited
NTC AD

baburam bhattarai

१३ कात्तिक, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले सिल्क रोडले एसियाका प्रत्येक देशलाई बृहत् लाभ पु¥याउने बताउँदै यो कालान्तरमा एसियाको गौरव बन्ने बताउनुभएको छ ।

चीनको ग्वान्झाओमा भइरहेको “२१औँ शताब्दी मेरीटाइम सिल्क रोड इन्टरनेसनल एक्स्पो”लाई सम्बोधन गर्दै उहाँले चीनले पहल गरेको एक–पेटी–एक–मार्ग योजनाले एसियाली राष्ट्रलाई जोड्न निकै योगदान पु¥याउने बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

एक–पेटी–एक–मार्गका विषयमा धारणा राख्दै उहाँले यस योजनासँगै समुद्री रेशम मार्गले एसियालाई बाँकी विश्वसँग जोड्ने कार्यलाई थप वृद्धि गर्ने र सहज बनाउने उल्लेख गर्नुभयो ।

संयोजक भट्टराईले भन्नुभयो, “रेल र राजमार्गद्वारा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपाललाई जोड्न (सम्भवतः भारतसम्म विस्तार गर्न) दुवै प्राविधिक र आर्थिक रूपले सम्भव छ । तसर्थ चीन–भारत–नेपाल आर्थिक करिडोरको कुरा गर्दा भौगोलिक प्रतिकूलताको पुरानै अवधारणा अब असान्दर्भिक भइसकेको छ ।”

डा भट्टराईले व्यापक पूर्वाधार विकास र तीव्र आर्थिक वृद्धिको निम्ति चीनसँग भएको पुँजी र विशेषज्ञताको उपयोग गर्ने नीति अवलम्बन गर्नु नै बुद्धिमानी हुने बताउनुभयो ।

उहाँले एक्काइसौँ शताब्दीमा एसियाली अर्थतन्त्रले सामना गरिरहेको प्रमुख चुनौती गरिबी र बेरोजगारी रहेको बताउँदै एक–पेटी–एक–मार्गको पहलले विश्वव्यापी सम्बन्ध र जडान सुदृढ एवम् फराकिलो बनाउने मात्र होइन, यसले संसारलाई नै अझ समृद्ध र शान्तिपूर्ण बनाउनमा मद्दत पु¥याउने विचार व्यक्त गर्नुभयो ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०२:५६ मा प्रकाशित

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका...

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...