back
CTIZAN AD

सिल्क रोड एसियाको गौरव– पूर्वप्रधानमन्त्री भट्टराई

वि.सं.२०७३ कात्तिक १३ शनिवार

1.1K 

shares

baburam bhattarai

१३ कात्तिक, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले सिल्क रोडले एसियाका प्रत्येक देशलाई बृहत् लाभ पु¥याउने बताउँदै यो कालान्तरमा एसियाको गौरव बन्ने बताउनुभएको छ ।

चीनको ग्वान्झाओमा भइरहेको “२१औँ शताब्दी मेरीटाइम सिल्क रोड इन्टरनेसनल एक्स्पो”लाई सम्बोधन गर्दै उहाँले चीनले पहल गरेको एक–पेटी–एक–मार्ग योजनाले एसियाली राष्ट्रलाई जोड्न निकै योगदान पु¥याउने बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

एक–पेटी–एक–मार्गका विषयमा धारणा राख्दै उहाँले यस योजनासँगै समुद्री रेशम मार्गले एसियालाई बाँकी विश्वसँग जोड्ने कार्यलाई थप वृद्धि गर्ने र सहज बनाउने उल्लेख गर्नुभयो ।

संयोजक भट्टराईले भन्नुभयो, “रेल र राजमार्गद्वारा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपाललाई जोड्न (सम्भवतः भारतसम्म विस्तार गर्न) दुवै प्राविधिक र आर्थिक रूपले सम्भव छ । तसर्थ चीन–भारत–नेपाल आर्थिक करिडोरको कुरा गर्दा भौगोलिक प्रतिकूलताको पुरानै अवधारणा अब असान्दर्भिक भइसकेको छ ।”

डा भट्टराईले व्यापक पूर्वाधार विकास र तीव्र आर्थिक वृद्धिको निम्ति चीनसँग भएको पुँजी र विशेषज्ञताको उपयोग गर्ने नीति अवलम्बन गर्नु नै बुद्धिमानी हुने बताउनुभयो ।

उहाँले एक्काइसौँ शताब्दीमा एसियाली अर्थतन्त्रले सामना गरिरहेको प्रमुख चुनौती गरिबी र बेरोजगारी रहेको बताउँदै एक–पेटी–एक–मार्गको पहलले विश्वव्यापी सम्बन्ध र जडान सुदृढ एवम् फराकिलो बनाउने मात्र होइन, यसले संसारलाई नै अझ समृद्ध र शान्तिपूर्ण बनाउनमा मद्दत पु¥याउने विचार व्यक्त गर्नुभयो ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०२:५६ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...