back

पानी घट्टबाट मनग्य आम्दानी

वि.सं.२०७३ कात्तिक १३ शनिवार

657 

shares
GLOBAL IME AD
NTC AD

१३ कात्तिक, सल्यान । जिल्लाका धेरै स्थानमा रहेका पानी घट्ट सङ्कटमा परिरहेका बेला मूलखोला–८ नाथेखोलाका ६३ वर्षीय मोतीराम दमाईँले भने पानी घट्टबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको छ ।

रोजगारीका लागि युवाहरू गाउँबाट सहर र सहरबाट विदेशतिर पलायन भए पनि आफ्नै जन्मथलोमा कुटोकोदोलो र घट्ट चलाएर बस्नु निकै राम्रो रहेको दमार्इँले बताउनुभयो । “सुरु सुरुमा दलितको घट्टमा पिस्न जानु हँुदैन भनेर गैरदलितहरू आउँदैनथे तर जनचेतनाको कारणले हो या मेरो घट्टले पिसेको पिठो राम्रो भएकाले हो आजभोलि सबै मेरै घट्टमा आउने गर्छन् ।” उहाँले भन्नुभयो ।

हिउँदमा समेत खोलामा पर्याप्त पानी बग्ने भएकाले आफूलाई घट्ट सञ्चालन गर्न खासै समस्या नपर्ने उहाँले बताउनुभयो । पन्ध्र वर्षदेखि घट्ट सञ्चालन गर्दै आउनुभएका दमाईँले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आइरहनुभएको छ ।

उहाँ दैनिक चारदेखि छ मुरीसम्म अन्न पिँध्नुहुन्छ र प्रतिपाथी एक मानाका दरले ज्याला लिने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “दिनमा पाँच छ मुरी अन्न पिस्छु, जसबाट दैनिक सात आठ पाथी अन्न आउँछ, त्यो भनेको मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्नु हो ।” घट्टकै आम्दानीले उहाँले आफ्नो पाँच जनाको परिवारलाई पाल्दै आउनुभएको छ ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०३:२० मा प्रकाशित

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर...

स्वास्थ्यकर्मी ट्रेड युनियनहरुद्वारा  स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग

स्वास्थ्यकर्मी ट्रेड युनियनहरुद्वारा स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग

काठमाडौँ । स्वास्थ्य सेवामा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुले स्वास्थ्य सेवा...

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

बनियानी । झापाको कनकाई नगरपालिका-१ र २ स्थित जामुनखाडी सामुदायिक...