back
CTIZAN AD

पानी घट्टबाट मनग्य आम्दानी

वि.सं.२०७३ कात्तिक १३ शनिवार

1.1K 

shares

१३ कात्तिक, सल्यान । जिल्लाका धेरै स्थानमा रहेका पानी घट्ट सङ्कटमा परिरहेका बेला मूलखोला–८ नाथेखोलाका ६३ वर्षीय मोतीराम दमाईँले भने पानी घट्टबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको छ ।

रोजगारीका लागि युवाहरू गाउँबाट सहर र सहरबाट विदेशतिर पलायन भए पनि आफ्नै जन्मथलोमा कुटोकोदोलो र घट्ट चलाएर बस्नु निकै राम्रो रहेको दमार्इँले बताउनुभयो । “सुरु सुरुमा दलितको घट्टमा पिस्न जानु हँुदैन भनेर गैरदलितहरू आउँदैनथे तर जनचेतनाको कारणले हो या मेरो घट्टले पिसेको पिठो राम्रो भएकाले हो आजभोलि सबै मेरै घट्टमा आउने गर्छन् ।” उहाँले भन्नुभयो ।

हिउँदमा समेत खोलामा पर्याप्त पानी बग्ने भएकाले आफूलाई घट्ट सञ्चालन गर्न खासै समस्या नपर्ने उहाँले बताउनुभयो । पन्ध्र वर्षदेखि घट्ट सञ्चालन गर्दै आउनुभएका दमाईँले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आइरहनुभएको छ ।

उहाँ दैनिक चारदेखि छ मुरीसम्म अन्न पिँध्नुहुन्छ र प्रतिपाथी एक मानाका दरले ज्याला लिने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “दिनमा पाँच छ मुरी अन्न पिस्छु, जसबाट दैनिक सात आठ पाथी अन्न आउँछ, त्यो भनेको मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्नु हो ।” घट्टकै आम्दानीले उहाँले आफ्नो पाँच जनाको परिवारलाई पाल्दै आउनुभएको छ ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०३:२० मा प्रकाशित

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...