back

‘विदेशमा रहेका नेपालीको सुरक्षा सरकारको पहिलो प्राथमिकता’

वि.सं.२०७३ कात्तिक १३ शनिवार

630 

shares
IME Limited
NTC AD

१३ कात्तिक, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विदेशमा रहेका नेपालीको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय शान्ति तथा मानव उद्धार अर्गनाइजेसन (आइफ्रो) नेपालले यहाँ शुक्रबार आयोजना गरेको ‘आइफ्रो सन्देश’ पत्रिकाको विमोचन कार्यक्रममा मन्त्री डा महतले कानुनी वा गैरकानुनी रुपमा विदेशमा गएर कारागारमा परेका नेपालीको उद्धारका लागि सरकारले कूटनीतिक पहल गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री डा महतले पछिल्लो समय विदेशिने नेपालीको सङ्ख्या बढ्दै गएकाले त्यसो गर्नबाट रोक्न जागरण अभियान चलाउनु जरुरी रहेको बताउँदै भन्नुभयो, “विदेशमा कमाउन जानेले भन्दा स्वदेशका डकर्मी, सिकर्मीले धेरै कमाएका छन्, त्यसैले धेरै पैसा तिरेर विदेश जान मरिहत्ते नगर्नुहोस् ।”

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपालको राहदानी शुल्क अरु देशको तुलनामा धेरै महङ्गो रहेकाले यसलाई घटाउनतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले वैदेशिक रोजगारमा जानेलाई घृणाभन्दा सम्मानको दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले ‘आइफ्रो सन्देश’ पत्रिकाको स्थापनासँगै नेपाली पत्रकारितामा नयाँ इँटा थपिएको बताउनुभयो ।

आइफ्रो नेपालका अध्यक्ष टङ्कप्रसाद सिटौला, वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमल ढकाल, नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष गणेश निरौला, पत्रकार अच्युत वाग्ले लगायतले ‘फ्रि भिसा, फ्रि टिकेट’लाई व्यवस्थित गरेर अगाडि बढे मात्र कामदारले केही भए पनि राहत पाउने बताउनुुभयो ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०३:२३ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र...

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा...

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको...

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा...

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे...