back
CTIZAN AD

‘विदेशमा रहेका नेपालीको सुरक्षा सरकारको पहिलो प्राथमिकता’

वि.सं.२०७३ कात्तिक १३ शनिवार

1K 

shares

१३ कात्तिक, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विदेशमा रहेका नेपालीको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय शान्ति तथा मानव उद्धार अर्गनाइजेसन (आइफ्रो) नेपालले यहाँ शुक्रबार आयोजना गरेको ‘आइफ्रो सन्देश’ पत्रिकाको विमोचन कार्यक्रममा मन्त्री डा महतले कानुनी वा गैरकानुनी रुपमा विदेशमा गएर कारागारमा परेका नेपालीको उद्धारका लागि सरकारले कूटनीतिक पहल गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री डा महतले पछिल्लो समय विदेशिने नेपालीको सङ्ख्या बढ्दै गएकाले त्यसो गर्नबाट रोक्न जागरण अभियान चलाउनु जरुरी रहेको बताउँदै भन्नुभयो, “विदेशमा कमाउन जानेले भन्दा स्वदेशका डकर्मी, सिकर्मीले धेरै कमाएका छन्, त्यसैले धेरै पैसा तिरेर विदेश जान मरिहत्ते नगर्नुहोस् ।”

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपालको राहदानी शुल्क अरु देशको तुलनामा धेरै महङ्गो रहेकाले यसलाई घटाउनतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले वैदेशिक रोजगारमा जानेलाई घृणाभन्दा सम्मानको दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले ‘आइफ्रो सन्देश’ पत्रिकाको स्थापनासँगै नेपाली पत्रकारितामा नयाँ इँटा थपिएको बताउनुभयो ।

आइफ्रो नेपालका अध्यक्ष टङ्कप्रसाद सिटौला, वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमल ढकाल, नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष गणेश निरौला, पत्रकार अच्युत वाग्ले लगायतले ‘फ्रि भिसा, फ्रि टिकेट’लाई व्यवस्थित गरेर अगाडि बढे मात्र कामदारले केही भए पनि राहत पाउने बताउनुुभयो ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०३:२३ मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...