back
CTIZAN AD

‘आन्दोलनको धम्कीले संविधान संशोधन हुन नसक्ने’

वि.सं.२०७३ कात्तिक १३ शनिवार

939 

shares

bamdev

१३ कात्तिक, उर्लाबारी (मोरङ) । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आन्दोलनको धम्कीले संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।

विराटनगरमा शुक्रबार पत्रकारसँग कुरा गर्दै नेता गौतमले सडकबाट नभई संसद्बाट संविधान संशोधन हुने भएकाले मधेसी मोर्चाले आन्दोलन र धम्कीका कुरा छाड्नुपर्ने बताउनुभयो ।

संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग अहिलेसम्म कुनै सल्लाह नभएको उहाँको भनाइ थियो ।

गौतमले संविधान संशोधन गर्न दुई तिहाइ बहुमत चाहिएकाले एमालेलाई पाखा लगाएर दुई तिहाइ बहुमत पु¥याउने शक्ति कसैमा नभएको बताउनुभयो ।

गौतमले अदुअआ प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक दल र निजामती प्रशासनलाई आङ्तकित तुल्याएर छुट्टै राज्यसत्ता कायम गर्न खोजेकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको स्पष्ट गर्नुभयो । उपाध्यक्ष गौतमले भारत र चीन दुवै देशका राष्ट्र प्रमुख आउँदा सार्वजनिक बिदा दिन आवश्यक नभएको पनि बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०३:२८ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...