१३ कात्तिक, उर्लाबारी (मोरङ) । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आन्दोलनको धम्कीले संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।
विराटनगरमा शुक्रबार पत्रकारसँग कुरा गर्दै नेता गौतमले सडकबाट नभई संसद्बाट संविधान संशोधन हुने भएकाले मधेसी मोर्चाले आन्दोलन र धम्कीका कुरा छाड्नुपर्ने बताउनुभयो ।
संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग अहिलेसम्म कुनै सल्लाह नभएको उहाँको भनाइ थियो ।
गौतमले संविधान संशोधन गर्न दुई तिहाइ बहुमत चाहिएकाले एमालेलाई पाखा लगाएर दुई तिहाइ बहुमत पु¥याउने शक्ति कसैमा नभएको बताउनुभयो ।
गौतमले अदुअआ प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक दल र निजामती प्रशासनलाई आङ्तकित तुल्याएर छुट्टै राज्यसत्ता कायम गर्न खोजेकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको स्पष्ट गर्नुभयो । उपाध्यक्ष गौतमले भारत र चीन दुवै देशका राष्ट्र प्रमुख आउँदा सार्वजनिक बिदा दिन आवश्यक नभएको पनि बताउनुभयो ।