back
CTIZAN AD

राष्ट्रिय भलिबल फागुन २ देखि

वि.सं.२०७५ माघ २७ आइतवार

576 

shares

२७ माघ, नवलपरासी ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ११ हजार १११ र दोस्रो हुनेले रु ५१ हजार १०१ र तृतीय हुनेले रु २५ हजार १०१ सहित शिल्ड र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि राष्ट्रिय भलिबल सङ्घसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।

प्रथम अध्यक्षकप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता नाम दिइएको प्रतियोगीको मुख्य आयोजक प्रतापपुर गाउँपालिका रहेको छ ।

नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

नेपाली सेना कालीध्वज गण परासीले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ पञ्चगरमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करीब ४०० बिरामी लाभान्वित भएका छन् ।

प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाली सेनाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बालबालिका, महिला, वृद्धवृद्धा र अन्य समुदाय लाभान्वित भएका हुन् । स्वास्थ्य शिविरबाट लाभान्वित बिरामीले जनताको भावनाअनुसार नेपाली सेनाले काम गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्री तथा प्रसूति विशेषज्ञ र जनरल फिजिसियन चिकित्सकमार्फत बिरामीको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको आयोजक नेपाली सेना कालीध्वज गण परासीले जनाएको छ ।
कालीध्वज गण परासीसहित जिल्ला स्वास्थ्य कार्र्यालय नवलपरासी, जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीलगायतको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो ।

वि.सं.२०७५ माघ २७ आइतवार ११:३२ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...