back

मोफसलका पत्रकारको समस्याबारे जानकारी

वि.सं.२०७५ माघ २७ आइतवार

378 

shares
GLOBAL IME AD
NTC AD

२७ माघ, उर्लाबारी ।  उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले मोफसलका पत्रकारको समस्याबारे छलफल गर्नुभएको छ । पत्रकारहरुको समस्या, विज्ञापन र मिडिया हाउस सञ्चालनमा देखापरेका कठिनाईलगायत विषयमा आज यहाँ आयोजित छलफलमा उनी सहभागी भएका थिए ।

सञ्चार सम्बन्धी विधेयक संसदीय समितिमा छलफल भइरहेको जानकारी दिँदै उपसभामुख तुम्बाहाम्फेले पत्रकारको हितमै सो विधेयक आउनुपर्नेमा जोड दिए । छलफलमा पत्रकार दुर्गाप्रसाद भट्टराई, दुर्गा खतिवडा, केदार चौहान, सुमन घिमिरे, अर्जुन जम्नेली राई र घनश्याम भण्डारीले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सुझाब दिएका छन् ।

स्थानीय तहका मिडियामा विज्ञापनको पहुँच पुग्न नसकेको अवस्थामा पत्रकारले मिडिया हाउसलाई बलियो बनाउन सकेमात्र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सहज हुने उपसभामुख तुम्बाहाम्फेले बताए । उर्लाबारीमा दुई एफएम रेडियो, दुई दैनिक पत्रिका र तीन साप्ताहिक पत्रिका छन् ।

टिपरको ठक्करबाट एककोे मृत्यु

विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन नसकेका करिव ५० वर्षका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

बरगाछी चोकमा टिपरको पछाडिको चक्काले उनलाई ठक्कर दिएको थियो । उक्त शव परीक्षका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ भने ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नयन्त्रणमा लिएको छ ।

वि.सं.२०७५ माघ २७ आइतवार १२:५९ मा प्रकाशित

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर...