back
CTIZAN AD

राष्ट्रिय समझदारीका आधारमा महाअभियोगलाई अगाडि बढाइनेः प्रम

वि.सं.२०७३ कात्तिक १४ आइतवार

1.1K 

shares

prachandaकाठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समझदारीका आधारमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरूद्धको महाअभियोगलाई अगाडि बढाउने बताउनुभएको छ ।

“महाअभियोग दर्ता हुनुभन्दाअघि पनि (एमाले) अध्यक्ष, काँग्रेसका सभापति र म बसेका थियौँ, जे गर्नुछ, सहमतिमै गर्नुपर्छ भनेर जोड दिएकै हो, अहिले दर्ता भएर प्रक्रिया अघि बढेपछि पनि मेरो जोड सबै प्रमुख दलको सहमति होस् भन्ने नै छ”– प्रधानमन्त्री दाहालले भन्नुभयो ।

माओवादी विट र प्रधानमन्त्री कार्यालय हेर्ने पत्रकारसँगको भेटका क्रममा शनिबार प्रधानमन्त्री दाहालले महाअभियोग प्रस्तावपछि काँग्रेस र माओवादी केन्द्रबीच अविश्वास बढेकोभन्दा पनि कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन, राष्ट्रिय एकताको वातावरण बनाउन, छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउन र आर्थिक विकासको निम्ति सकारात्मक वातावरण सिर्जना गर्न पत्रकारसँग आग्रह गर्नुभयो ।

सबैको सहमतिमा छिट्टै संविधान संशोधन

प्रधानमन्त्री दाहालले सत्तापक्ष र प्रतिपक्ष सबैको सहमति जुटाएर संविधान संशोधनलाई अन्तिम रूप दिने उद्देश्यले दलसँगको भेटलाई तीव्र बनाएको पनि बताउनुभएको छ । संविधान संशोधनबारे मधेसी मोर्चासँग आज मात्रै अनौपचारिक छलफल भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालका अनुसार सीमाङ्कन, भाषासम्बन्धी, राष्ट्रियसभामा प्रतिनिधित्व र नागरिकतालगायत चारवटा विषयमा बढी केन्द्रित भएर संविधान संशोधन गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित सबै जिल्लामा एकसाथ पुनःनिर्माण कार्यलाई अगाडि बढाउन अहिले अनुगमन भइरहेको पनि बताउनुभयो ।

भारतीय राष्ट्रपतिको भ्रमणको अन्तिम तयारी

प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका दिन सार्वजनिक बिदा दिने निर्णय सबै दलको सहमतिमा गरिएको प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री दाहालका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणबारे अन्तिम तयारी भइरहेको छ ।

“सबै पक्षको छलफलका क्रममा विदेशी राष्ट्रपति आउँदा बिदा दिने चलन पनि छ र छैन पनि भन्ने कुरा आएको थियो, राष्ट्रपतिको सम्मान र ट्राफिक जामबाट जनताले सास्ती खेप्न नपरोस् भनेर त्यो दिन बिदा दिइएको हो”– उहाँले भन्नुभयो ।

आफ्नो भारत भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध सकारात्मक दिशातर्फ केन्द्रित भएको उहाँको भनाइ थियो ।

“मेरो गोवा (भारत) भ्रमणका क्रममा नेपाल र चीनबीच केही सम्झौता त्यहीँ गोवामै गरौँ भन्ने कुरा आएको थिया,े तर मैले नेपाल र चीनबीच हुने सम्झौता काठमाडौँ वा बेइजिङमै गरौँ भनेको छु”– प्रधानमन्त्री दाहालले भन्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक १४ आइतवार ०२:३६ मा प्रकाशित

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाडौं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको...

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले...

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार...

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

काठमाडौँ ।  नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...