back
CTIZAN AD

नेपाली सेनाद्धारा शल्य चिकित्सा संचालन

वि.सं.२०७५ फागुन ३ शुक्रवार

783 

shares

३ फागुन । नेपाली सेनाले २ नं प्रदेश र सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा संचानल गर्न लागेको बृहत निस्शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविरको फागुन १ गते उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले समुद्धाटन गरेका छन् ।

प्रति दिन १२०० जनालाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै जटिल समस्याका विरामी ६, मध्यमका १५ र सामान्य २० गरी जम्मा ४१ जनाको सर्जरी गर्ने लक्ष्य रहेको यस शिविरमा ईएनटि अर्थो, गाईनो, साईक्याट्री, सर्जरी र आँखाको स्वास्थ्य उपचार गरिने छ । मिति फागुन ११ गतेसम्म संचालन हुने उक्त घुम्ति स्वास्थ्य शिविरमा बिरामीको लागि दर्ता समय प्रत्येक दिन विहान ६ बजेदेखि ९ बजेसम्म र ओपिडी समय विहान ९ बजेदेखि १ बजेसम्म रहेको छ ।

बृहत निस्शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविर समुद्दघाटन कार्यक्रममा २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, स्वास्थ्य मन्त्रालयका सचिव, सैनिक स्वास्थ्य महानिर्देशक उपरथी शशि राई, वीरेन्द्र अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. सुनिल कुमार सिंह, नं २७ बाहिनीपति सहायक रथी बाबुराम श्रेष्ठ, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, भीमदल गणका गणपति प्रमुख सेनानी गुप्त बहादुर कुँवर, गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालका डक्टरहरु लगायत स्थानिय जनप्रतिनिधिका साथै बुद्धिजिवीहरुको समेत उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार १४:१५ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...