back
CTIZAN AD

सेनापतिद्वारा जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा

वि.सं.२०७५ फागुन ३ शुक्रवार

735 

shares

३ फागुन । जङ्गी अड्डा परिसरमा आज आयोजित एक विशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका छन् ।
उक्त कार्यक्रमको दौरान प्रधानसेनापति महारथी थापाले उपस्थित सकल दर्जालाई सम्बोधन गर्दै प्लाष्टिक जन्य बस्तुको प्रयोगले वातावरणमा पार्ने नकरात्मक प्रभावका बारे स्पष्ट भई प्लाष्टिकको प्रयोगलाई सांगठनिक रुपमै निरुत्साहित गर्न जङ्गी अड्डाबाट सुरु गरिएको यस अभियानलाई नेपाली सेनाको सम्पूर्ण युनिटहरुले अभियानका रुपमा अगाडी बढाई व्यारेक इलाकालाई प्लाष्टिक मुक्त क्षेत्र कायम राख्न निर्देशन दिए । साथै, कस्ता प्लाष्टिकजन्य बस्तुलाई निषेधित गर्ने र कस्तालाई पुनस् प्रयोगमा ल्याउन सकिने कुरामा समेत स्पष्ट भई उचित व्यवस्थापनको लागि सम्बन्धीत विभागलाई निर्देशन समेत दिएका छन् ।

प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ मा रहेको वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिवद्धता अनुसार सुरुवात गरिएको यस प्लाष्टिक निषेधित क्षेत्र कार्यक्रममा उपस्थित रहेका नेपाली सेनाका रथीवृन्द, अधिकृत र अन्यदर्जाहरुले जङ्गी अड्डा परिसरमा सरसफाई समेत गरेका थिए ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार १४:४४ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...