back
CTIZAN AD

भारत भ्रमण पछि साउदी राजकुमार चीन जाने

वि.सं.२०७५ फागुन ४ शनिवार

1K 

shares
getty images

४ फागुन, बेइजिङ । साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले एशियाली देशहरूको भ्रमण गर्ने क्रममा चीनको पनि भ्रमण गर्ने भएका छन् ।

उनले यही फेब्रुअरी २१ देखि २२ तारिखसम्म चीनको भ्रमण गर्ने तय भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

साउदी अरबका उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीसमेत रहनुभएका सलमान चीनका उपप्रधानमन्त्री हान झेङको निमन्त्रणामा चीन आउन लागेका हुन् ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले भ्रमणका क्रममा युवराज सलमानले चिनियाँ उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

उनले यसअघि पाकिस्तानको दुईदिने भ्रमण यही फेब्रुअरी १६ र १७ तारिखमा गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि यही फेब्रुअरी १८ देखि १९ सम्म युवराज सलमानले इण्डोनेसियाको भ्रमण गर्ने जनाइएको छ । इन्डोनेसिया आउनुभन्दा अगाडि उहाँले मलेसियाको पनि भ्रमण गर्नेछन् भने त्यसपछि उनी भारत आउने छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको उनको दुईदिने भारत भ्रमण यही फेब्रुअरी १९ देखि शुरु हुने अधिकारीले जनाएका छन् । भारतपछि उनी चीन आउने भएका हुुन् ।

साउदी युवराजको आसन्न भ्रमणको तयारीका लागि सम्बन्धित देशहरूले सुरक्षा व्यवस्थाको तयारीलाई तीव्र पारेका छन् भने साउदी अरबबाट पनि सुरक्षा टोली खटिएका छन् ।

त्यसैगरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीको टोली पनि सम्कन्धित देशहरूमा गइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

उनको सबै भ्रमण आपसी सम्बन्ध, दुई पक्षीय हित र सहयोग आदानप्रदानका विषयमा केन्द्रित हुने समाचारमा जनाइएको छ ।

युवराज सलमान नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा मन्त्री, उच्च सरकारी अधिकारी, उच्चस्तरीय व्यवसायीलगायत सहभागी हुने भएका छन् ।

वि.सं.२०७५ फागुन ४ शनिवार १३:३६ मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...