back
CTIZAN AD

गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

वि.सं.२०७५ फागुन ६ सोमवार

666 

shares

६ फागुन, बैतडी । गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताए । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट गरेको छ ।

पाटनको सेरोको नामले प्रख्यात खेतमा फौजी कीराले गहुँमा आक्रमण गरेकाले गहुँको उत्पादनमा कमी आउने किसानहरुले बताएका छन् । गहुँबालीमा फौजी कीराले आक्रमण गरेको विषयमा जानकारी भएको र नियन्त्रणका प्रयास भइरहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिएका छन् । ३५० हेक्टरमा लगाइएको पाटनमा ५० भन्दा बढी किसानको खेत रहेको सेरामा फौजी कीराको प्रकोप देखिएको हो ।

गहुँबालीमा फौजी कीराको प्रकोपका विषयमा कृषि प्राविधिकहरुले अध्ययन गरेर माथिल्लो निकायमा पठाइसकेका छौँ उनले भने, “गहुँमा बाला लाग्ने समयमा फौजी कीराको प्रकोप देखिएकाले नियन्त्रण गर्न भने निकै कठिन हुनेछ” गहुँ फल्ने मुख्य खेतमा फौजी कीराको प्रकोप देखिएकाले यो वर्ष गहुँ उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।
गहुँको उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित कृषि ज्ञान केन्द्र बैतडीले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको बीउ वितरण गरेको थियो ।

बैतडीमा २१ हजार ९०० हेक्टर जमीनमा गहुँ खेती हुँदै आएको छ ।

वि.सं.२०७५ फागुन ६ सोमवार ०९:५० मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...