back
CTIZAN AD

भू–उपयोग सम्बन्धी विज्ञसँग रचनात्मक सुझाव सङ्कलन

वि.सं.२०७५ फागुन ६ सोमवार

780 

shares

६ फागुन, काठमाडौैँ । विभिन्न क्षेत्रका विज्ञले भूमि उपयोग गर्न पाउने अधिकार जनतामा सुनिश्चित गर्दै आवश्यक पर्दा जमीनलाई राज्यको नियन्त्रणमा राख्नुपर्ने अधिकारसहितको ऐन बनाउन सुझाव दिएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा कृषि विज्ञ कृष्ण पौडेल, पुण्यप्रसाद वली, र राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषिलाई संस्कृतिका रुपमा नभई पेशाका रुपमा अगाडि लैजाने सन्र्दभलाई ऐनमा समावेश गर्नुपर्ने राय दिएका छन् ।

संसद्ले “भूउपयोग ऐन, २०७५” लाई समितिमा दफावार छलफलका लागि पठाएको छ । दफावार छलफल टुङ्ग्याउनु अघि समितिले विज्ञका रचनात्मक तथा ठोस सुझाव सङ्कलन गर्र्ने उद्देश्यमा आजको बैठक केन्द्रीकृत भएको थियो । सरकार गठन भएको झण्डै एक वर्षपछि संसद्ले “भूउपयोग ऐन, २०७५” पारित गर्दैछ । यही फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुग्यो । समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य महेश बस्नेत, घनश्याम खतिवडा, भूमिप्रसाद त्रिपाठी र राधाकुमारी ज्ञवालीले विज्ञसँग जिज्ञासा राखेका थिए ।

ऐनमा भूमिको वर्गीकरण १० प्रकारले गरिएको कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सार्वजनिक उपयोगको क्षेत्र साँस्कृतिक तथा पुरातात्विक भने कृषि भूमि बाँझो राख्नेलाई रु तीन लाख सम्मको जरिवाना तोकेको छ ।

वि.सं.२०७५ फागुन ६ सोमवार १७:०० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...