back

भू–उपयोग सम्बन्धी विज्ञसँग रचनात्मक सुझाव सङ्कलन

वि.सं.२०७५ फागुन ६ सोमवार

447 

shares
GLOBAL IME AD
NTC AD

६ फागुन, काठमाडौैँ । विभिन्न क्षेत्रका विज्ञले भूमि उपयोग गर्न पाउने अधिकार जनतामा सुनिश्चित गर्दै आवश्यक पर्दा जमीनलाई राज्यको नियन्त्रणमा राख्नुपर्ने अधिकारसहितको ऐन बनाउन सुझाव दिएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा कृषि विज्ञ कृष्ण पौडेल, पुण्यप्रसाद वली, र राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषिलाई संस्कृतिका रुपमा नभई पेशाका रुपमा अगाडि लैजाने सन्र्दभलाई ऐनमा समावेश गर्नुपर्ने राय दिएका छन् ।

संसद्ले “भूउपयोग ऐन, २०७५” लाई समितिमा दफावार छलफलका लागि पठाएको छ । दफावार छलफल टुङ्ग्याउनु अघि समितिले विज्ञका रचनात्मक तथा ठोस सुझाव सङ्कलन गर्र्ने उद्देश्यमा आजको बैठक केन्द्रीकृत भएको थियो । सरकार गठन भएको झण्डै एक वर्षपछि संसद्ले “भूउपयोग ऐन, २०७५” पारित गर्दैछ । यही फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुग्यो । समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य महेश बस्नेत, घनश्याम खतिवडा, भूमिप्रसाद त्रिपाठी र राधाकुमारी ज्ञवालीले विज्ञसँग जिज्ञासा राखेका थिए ।

ऐनमा भूमिको वर्गीकरण १० प्रकारले गरिएको कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सार्वजनिक उपयोगको क्षेत्र साँस्कृतिक तथा पुरातात्विक भने कृषि भूमि बाँझो राख्नेलाई रु तीन लाख सम्मको जरिवाना तोकेको छ ।

वि.सं.२०७५ फागुन ६ सोमवार १७:०० मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी...

अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह

अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह

मध्यविन्दु (नवलपरासी) । यहाँको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य रूपमा...

बाढीले एक सातादेखि पूर्णरुपमा अवरुद्ध गल्फागाड श्रीनगर सडक आजदेखि सुचारु

बाढीले एक सातादेखि पूर्णरुपमा अवरुद्ध गल्फागाड श्रीनगर सडक आजदेखि सुचारु

अदानचुली(हुम्ला) । बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडक खण्ड सञ्चालनमा...

नारच्याङमा जलविद्युत आयोजना निर्माण

नारच्याङमा जलविद्युत आयोजना निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला...