back
CTIZAN AD

कुखुरा मर्न थालेपछि चितवनका किसान चिन्तित

वि.सं.२०७५ फागुन ६ सोमवार

684 

shares

६ फागुन, चितवन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् ।

रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । दैनिक प्रयोगशालामा ४० वटा हाराहारी नमूना परीक्षणका लागि आउने गरेका छन् । तीमध्ये १० वटा हाराहारीमा एच नाइन देखिएको उनले बताए ।

नमूना नल्याइएका र समस्या देखिएका कुखुराका खोर पनि प्रशस्त रहेको उनले बताए । कार्यालयले दुई सयभन्दा बढी नमूना थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको उनले बताए ।

प्रमुख डा चापागाईँका अनुसार जैविक सुरक्षा अपनाएर उपचार गरेका कृषकका कुखुरा २५ प्रतिशतसम्म मरेको भए पनि सुरक्षा अपनाउन नसकेका कतिपय खोरका सबै कुखुरा मरेको उनले बताए ।

शुरुमा लेयर्स कुखुरामा देखिएको यो समस्या माउ कुखुरा (प्यारेन्ट) र ब्रोइलरमा पनि देखिन थालेको छ । यो रोगको सङ्क्रमण देखिन थालेपछि शुरुमा दाना नखाने, बिरामी कुखुराले मुन्टो पखेटामुनि राखेर बस्ने, आँखाको डिल सुनिने, अण्डा घटाउँदै लैजाने, अण्डाको बोक्रा पातलो हुने र झोक्राएर मर्न थाल्ने चापागाईंले बताए ।

बर्डफ्लूकै वर्गको रोग भए पनि कुखुरा मर्दा राज्यले अनुदान नदिने र बीमा कम्पनीले बीमा नगरिदिने हुँदा कृषक मर्कामा परेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले बताए । उनले भने “बर्डफ्लु हुँदा राज्यले अनुदान दिन्छ, तर उत्तिकै नोक्सान हुने एच नाइनमा कसैको सहयोग रहँदैन ।”

उनका अनुसार विगत सात÷आठ वर्षयता एच नाइनका कारण वर्षेनी कृषकले ठूलो नोक्सानी व्यहोर्दै आएका छन् । बढ्दो दानाको मूल्य र घट्दो अण्डाको मूल्यका कारण अण्डा उत्पादक कृषक पलायन हुने अवस्था सिर्जना भएको बेलामा रोगले कुखुरा मर्न थालेपछि थप समस्या व्यहोर्नु परेको उनले बताए ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार वर्षौदेखि रोग विरुद्धको खोप दिनुपर्ने माग गरेको भए पनि राज्यले बेवास्था गर्दा वर्षेनी अर्बौंको नोक्सान पोल्ट्री क्षेत्रले व्यहोर्नु परेको बताए । उनका अनुसार गैरकानुनी रुपमा लुकाइछिपाइ भित्रिएको खोपले केही कुखुरा बच्ने गरेको भए पनि अधिकांश कुखुरामा रोग देखिँदा समस्या भएको छ ।

नेपालका ठूला कुखुरापालक कृषकसमेत रहेका विष्टले भने “हाम्रो मन्त्रालयको अर्कमण्यता र पशुसेवा विभागको बदमासीका कारण कृषकले हरेक वर्ष अर्बौको क्षति व्यहोर्नु परेको छ ।” विष्टका अनुसार एच नाइन देखिएका कुखुराले उत्पादन नदिने तर दाना खाइरहने हुँदा कृषकले नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन घटेपछि बिक्री भएका सङ्क्रमित कुखुराका कारण रोग झनै फैलिने गरेको उनले बताए ।

नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष टीकाराम पोखरेल सरकारले खोप भित्र्याउन अनुमति दिएमा यी समस्या हटेर जाने बताउछन् । देशमा आत्मनिर्भर भएको पोल्ट्री व्यवसायमा वर्षौदेखि देखिएको यो रोगका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको उनले बताए ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार गत वर्षभन्दा कम कुखुरा मरेको भए पनि उत्पादन निकै घटेको छ । जसका कारण कृषकले ठूलो क्षति व्यहोरेको उनले बताए ।

प्रयोगशालाका प्रमुख डा चापागाईंका अनुसार नेपालकै रोग लागेका कुखुराहरुबाट खोप तयार गरेर दिन व्यवसायी तयार रहेको भन्दै सरकारले नीतिगत निर्णय गर्न मात्रै बाँकी रहेको बताउँछन् ।

नेपालमा कुखुरापालन क्षेत्रमा झण्डै रु एक खर्ब लगानी भएको व्यवसायीले बताउँदै आएका छन् ।

वि.सं.२०७५ फागुन ६ सोमवार १७:०५ मा प्रकाशित

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...