back
CTIZAN AD

हिजोतिर फर्कने कुरा गर्नेहरूलाई चिनौं !

वि.सं.२०७५ फागुन ८ बुधवार

795 

shares


हालको संसदीय पूँजीवादी गणतन्त्र जनविरोधी भयो भन्नुको अर्थ हिजोको राजा सहितको बहुदल ठीक थियो भन्ने कदापी हुदैन १ त्यस्तै २०४६ सालको आन्दोलनपछि आएको बहुदल प्रतिकृयावादी थियो भन्नुको अर्थ त्यो भन्दा पञ्चायत ठीक थियो वा सकृय राजतन्त्र ठीक थियो भन्ने अर्थ लाउँनु किमार्थ ठीक हुदैन । त्यसै गरी तीस वर्षीय पञ्चायत निरङ्कुश व्यवस्था चरम प्रतिकृयावादी थियो भन्नुको अर्थ त्योभन्दा राणा शासन ठीक थियो भन्ने झन हुदैन ।

हरेक पछिल्ला व्यवस्था, २००७- २०१७ पछिको पञ्चायतलाई छोडेर केही न केही अघिल्लोभन्दा प्रगतिशील हुन्छन । अघिल्लो भन्दा प्रगतिशील हुनु भनेको सयौं वर्ष त्यो प्रगतिशील भैरहन्छ भन्ने पनि हुदैन । अघिल्लो व्यवस्थामा मात्रात्मक या गुणात्मक हेरफेरपछि नयाँ व्यवस्था आउँछन तर ती यथास्थितिमा अलमलिएर या पुरानो सत्ताका कैयन विशेषताहरूसँग संझौता गरेर प्रतिकृयावादी बन्न पुग्छन। हालको गणतन्त्र प्रतिकृयावादी बनेको पनि पुरानो सामन्तवादसँग घाँटी जोडेर तथा विदेशी पूँजीको अगाडि घुँडा टेकेर हो । सामन्तवादको सोच, संस्कृति, संरचना र शक्तिसँग सम्वन्ध विच्छेद गर्न सकेको भए तथा विदेशी पूँजीका अघि आत्मसमर्पण नगरेर नियन्त्रण गरेको भए हालको गणतन्त्रले प्रगतिशील भूमिका खेल्ने थियो । तर यसले राजतन्त्रकालीन सम्पूर्ण अवयवहरूलाई जस्ताको तस्तै प्रयोग गरेर अघि बढ्न खोज्यो । राज्य संरचनाको सोच, कार्यशैली र शक्तिलाई अलिकति पनि चलाउँने आँट गरेन । जसको कारणले यसको नाच पनि पुरानै भयो । गणतन्त्रपछि सरकार चलाउँने अधिकांश अनुहार हिजो राजाको खुट्टामा मोहोर राखेर ढोग्ने नक्कली गणतन्त्रवादीहरू भए । हिजोको संसदीय व्यवस्थामा भ्रष्ट भैसकेका र राजतन्त्रलाई लामो समय स्विकार गरेकाहरूले सामन्तवादसँग निर्णायक लडाई लड्न संभव थिएन । राजतन्त्रका विरुध्द लडेको माओवादी शान्ति प्रकृयामा आएको छोटै समयमा विचलित, विभाजित र स्खलित भएर लगभग सकियो । राज्यको पुरानो संरचना जस अन्तरगत सेना, प्रहरी, न्यायलय , कर्मचारीतन्त्र आदि पुरानै थियो ।राज्यको त्यो शेष पुरानो संरचनाले गणतन्त्रलाई पनि आफ्नै बाटोमा हिडाएका कारण आज हामी विडम्वनापूर्ण जीवन वाँच्न विवश छौं ।

आजको यही चरम वेथिति र निराशाको फाइदा उठाएर पश्चगामी शक्तिहरू ‘राजा आऊ देश बचाऊ !’ को नारा लगाउँन थालेका छन। कमजोर राजनीतिक चेतना भएकाहरूलाई त्यो नाराले धेर थोर प्रभाव पनि पारिरहेकै छ।

हालको सरकार र व्यवस्थाका विरुध्द आक्रोश पोख्नेहरू दुई थरि छन। एक थरि राजावादी पश्चगामीहरू छन । यो व्यवस्थाकै अन्त गरेर राजतन्त्रमा फर्कने सपना राप्रपा लगायतले देखेका छन । क्रान्तिकारीहरूले ती पश्चगामीहरूको षड्यन्त्रलाई चिन्नु र चिर्नु पर्छ । प्रतिगामीहरूको पछाडि फर्कने षडयन्त्रलाई निर्ममतापूर्वक परास्त गर्नै पर्छ । अहिलेको सरकार जति गाली गरे पनि कम हुने नालायक, निकम्मा र पतित छ । यो नष्ट भ्रष्ट र दलाल छ । यसमा अलिकति पनि प्रगतिशील विशेषता छैन । तर यसो भन्नुको अर्थ यो सरकार भन्दा नेपाली काङ्ग्रेसले सरकार चलाउँन पाए केही राम्रो हुन्थ्यो कि भनेर सोचियो भन्ने त्यो राजनीति शास्त्रको कखरा पनि नबुझेको हुन्छ । छयालिस सालपछि पटक पटक गरेर सवैभन्दा बढी सरकारमा गएको तथा भ्रष्टाचार र राष्ट्रघातले दुङदुङी गनाएको काङ्ग्रेस यो देशमा पञ्चहरूपछि सबै भन्दा बढी जनतालाई लुट्ने पार्टी हो । अहिले उसले वर्तमान सरकारको जति आलोचना गरेको छ त्यो आफूलाई लुटीरहेको स्वर्ग अर्काले लुटेको हेर्नु पर्दाको छटपटी मात्रै हो । अझ काङ्ग्रेसले भन्दा ठूलो स्वरले राप्रपाले शुसासन र लोकतन्त्रको कुरा गरेको सुन्दा अचम्म लाग्छ । तीस वर्षसम्म कसैलाई पार्टी समेत खोल्न नदिएर एक्लै निरङ्कुश शासन चलाएर देशको व्रम्हलुट गर्ने भोका स्यालहरूले हामी देशलाई राम्रो गर्छौं भन्नु सिधा सिधा ठग कुरा हो ।

वर्तमान व्यवस्था संकटमा छ । यो खासै नराम्रो कुरा होइन । तर नराम्रो कुरा भनेको यो समयमा क्रान्तिकारीहरू विभाजित र अलमलमा छन। क्रान्तिकारीहरूले सचेत पहल लिन नसक्दा पश्चगामीहरूले फाइदा उठाउँन खोज्दै छन। वर्तमान व्यवस्थाप्रतिको घृणा तथा असन्तोषलाई वैचारिक नेतृत्व गरेर नयाँ जनवादका वाँकि कार्यसभार सहितको समाजवादी क्रान्तिको तयारीमा लाग्नु क्रान्तिकारी कम्युनिष्टहरूको आजको कार्यभार हो ।

इतिहास कहिलै पछाडि फर्कदैन । आज दुख छ भने हामी यो दुखबाट मुक्त हुन भोलिको प्रतिक्षा गर्न सक्छौं तर हिजोतिर फर्कन सक्दैनौं । त्यसैले भोलिको वारेमा सोचौं । हिजोतिर फर्कने कुरा गर्नेहरूलाई चिनौं !

वि.सं.२०७५ फागुन ८ बुधवार १०:१४ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...