back
CTIZAN AD

नेपाली संस्थाद्धारा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७५ फागुन १२ आइतवार

615 

shares

१२ फागुन, कोलोराडो, अमेरीका । कालोराडोमा सकृय संस्था लङमन्ट हिमालयज लायन्स क्लब र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना शनीबार रक्तदान कार्यक्रम सम्पन्न भयो ।
बोल्डर स्थित बोनफिल्स सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा १० जना नेपाली र एक स्थानीय गरी जम्मा ११ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने इच्छा धेरै जनाको भएपनि बिभिन्न कारणले गर्दा ११ जनामात्र रक्तदान गर्नयोग्य ठहरिएका थिए । अमेरीकाको नियम अनुसार रक्तदान गर्न ३ बर्षसम्म लगातार अमेरिका बसेको र एकबर्ष भित्र अमेरिका बाहिर मलेरिया प्रभावित क्षेत्रमा गएको भए अमेरिका फर्केको एकबर्ष पछिमात्र योग्य ठहरिने छ ।

रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा बिकल पराजुली, टिका पौडेल, श्रीराम लुईटेल , कुमारजंग कार्की, नातिबाबु भट्ट, रिपेन्द्र कार्की, बुद्धीप्रसाद लामीछाने, स्थानीय अमेरिकी टोम, तारादेबी श्रेष्ठ, रुपेश बराल र रामगोपाल श्रेष्ठ रहेका छन् । यी मध्ये रुपेश बराल र रामगोपाल श्रेष्ठले पहिलो पटक रक्तदान गरेका हुन् ।

आयोजक संस्था लङमन्ट हिमालयज लायन्स क्लबका अध्यक्ष बिकल पराजुलीले नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताएका छन् । एक जनाको रगतले ३ जनालाई बचाउन सकिने यस्तो अमुल्य दानको कार्यक्रम नियमित गरिने उनको भनाई रहेको छ ।
रक्तदान कार्यक्रम सफलपार्न बोनफिल्ड रक्तसंचार केन्द्र बोल्डरले प्राविधिक सहयोग उपलब्ध गरेको ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका संयोजक श्रीराम लुईटेलले बताएका छन् । उनले रक्तदान गरौं जिवन बचाउ भन्ने मूलनारालाई आत्मा साथ गर्दै ब्लड डोनर्स अफ अमेरीकाले २००९ देखी रक्तदान गर्न अभिप्ररित गर्दै आएको र कोलोराडोमा २०१९ मा प्रत्येक महिना रक्तदान कार्यक्रमको आयोजना गरिने बताएका छन् ।

कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताए । कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्ममात्र प्रयोगगर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुदा कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनिहरुको भनाई छ ।
कार्यक्रममा ब्लड डोनर्स अफ अमेरीकाका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार गन्यमान्यहरुको उपस्थिती रहेको थियो ।

वि.सं.२०७५ फागुन १२ आइतवार १२:१२ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...