
१२ फागुन । अमेरिका लगायत विश्वका अधिकांस नेपाली समुदायमा मेरो सकृय प्रयासले रक्तदान गर्न उत्प्रेरित भई सक्नु भएको छ । रक्तदान कार्यमा संगठीत भई सक्नु भएको छ ।
अब रक्तदान कार्यक्रमले निरन्तरता पाइ रहनेमा ढुक्क भएको छु । अब मैले विश्वका बिरामीहरुले रगत नपाएका अरु ठाउमा पनि काम गर्नुपर्छ भन्ने लाग्यो ।
म सँग भएको मानविय अमुल्य जीवनको भण्डारलाइ उनिहरुसँग अलिकती बाँडु जस्तो लाग्यो । त्यसैले मैले केही बर्ष यतादेखी अफ्रिकन जनसमुदायलाई रक्तदान गर्न उत्प्रेरित गराउदै आईरहेको छु ।
हरेक बर्ष अफ्रिकामा ६ लाख सुत्केरी तथा गर्ववती महिलाहरु अत्यधिक रक्तश्राव हुँदा रगत नपाई जीवन गुमाउँदा रहेछन । यस्तो अवस्था थाहा पाए पछी अफ्रिकाको मलावी, युगान्डामा रक्तदान उत्प्रेरणा र ब्रिहत रक्तदान कार्यक्रम आयोजना गरेँ । अहिले त्यहा रक्तदानले निरन्तरता पाएको छ । यस पटक कुनै अद्रिश्य शक्तिले मेरो मन, भावनामा रक्तदान गर्न इथियोपियामा नै जाउँजाउँ जस्तो बनायो । किन यस्तो भावना आईरह्यो रु मलाई थाहाछैन । सायद
मेरो हजारौ लाखौं पुस्ता पहिलाका बंश र त्यस बेलाका त्यस क्षेत्रका बंश बीच एकदमै धेरै मित्रता तथा हितैशी हुनुहुन्थ्यो होला र वहाँहरुको आत्माले मलाई त्यहा गएर रक्तदान गर्न प्रेरित गरेका हुन पनि सक्छन् ।
अहिलेको अवस्थामा त्यहा दुई तिहाइ बिरामीहरुले रगत नै पाउदा रहेनछन । त्यसैले मलाई त्यहा नै गएर रक्तदान गर्न मन लागेको होला । त्यहा ब्यापक रुपमा रक्तदान उत्प्रेरणा गराउनको लागि मसँग आबश्यक खर्च थिएन । जेभए पनि यस पटक इथियोपियामा जान आउन हवाइजहाज टिकट किन्नको लागि लङ लाइल्याण्ड नेपाली समाजका अध्यक्षसँग ९०० डलर रिण लिएँ । रक्तदान उत्प्रेरणा
कार्यक्रम गर्न गेइको क्रेडिट युनियनसँग २००० डलर रिण लिएर १५०० डलर थियोपियामा पठाएँ र ५०० डलर पकेट खर्चको लागि राखेँ ।
म मंगलबार, फेब्ररी १९ मा न्यू योर्क देखी ११,२०० किलोमिटर टाढाको अफ्रिकाको इथियोपियामा एक दिनकोलागी पुगेँ । कत्ती टाढा रहेछ १ न्यू योर्कबाट त्यहासम्म पुग्न दुइवटा हवाइ जहाजबाट करीब १६ घण्टा आकाशमा उढी रहनु परेको थियो ।
इथियोपिया नेशनल ब्लड सर्भिसले एडिस अबाबाको पाँच तारे होटेल क्यापिटल इन्टरनेशनलमा म एकजनालाईमात्र रक्तदान गराउन आबश्यक ब्यबस्था मिलाएको थियो । त्यहाँ मैले १६८ औ पटक रक्तदान गरेँ । मैले रक्तदान गर्दा मेरो देब्रेपट्टी स्वास्थ्य राज्यमन्त्री डा. सेहर्ला अब्दुलाही र दाहिनेपट्टी ब्लड बैँककी महानिर्देशक डा हेलेना हैलुले म रक्तदाता हुँ लेखिएको प्लेकार्ड लिएर उभीन । रक्तदान गर्दा मेच पछाडि अर्जुन मैनली रक्तदान गर्न अमेरिकाबाट इथियोपियामा यात्रा गर्दैछु लेखियको ब्यानर राखेका थिए ।
त्यसपछी ब्लड बैँककी महानिर्देशक डा. हेलेना हैलुले मलाई रक्तदान
अन्तरकृया कार्यक्रम भएको हलमा लगिन । इथियोपियाका बिभिन्न २० संस्थाका करीब ७० जना उत्प्रेरणा कार्यक्रममा उपस्थित भएका रहेछन । यो मेरो लागि एउटा बिशेष कार्यक्रम नै थियो । मन्चमा मैले बिगतमा रक्तदान गर्दाखेरिको फोटोसहितको ब्यानरमा अर्जुन मैनालिको १६८ औ नियमित स्वैच्छिक रक्तदानको लागि अमेरिकाबाट इथियोपियासम्म यात्रु लेखेर टाँगेका थिए ।
मेरो बोल्ने क्रममा नेपालमा रहँदा होस वा अमेरिकामा बिरामीहरु बचाउनको लागि मैले नियमित रक्तदान गरी रहेको छु, धेरै वटा रक्तदान कार्यक्रम आयोजना गरेको छु, धेरै रक्तदान उत्प्रेरणा कार्यक्रम आयोजना गरेको छु, रक्तदान गरौ भन्ने सन्देश लाखौंमा पुर्याएको छु, दशौहजारलाई रक्तदान गराएको छु, रक्तदाताहरुलाई संस्थागत बनाएको छु, रक्तदानका कार्यमा आफ्नो सम्पूर्ण सम्पत्ति खर्च गर्दै काम गरेँ, अझ साधन श्रोत अभाबमा लाखौँरुपैया ऋण गर्दै काम गरेँ, म आँफैले ३१ बर्षको अबधिमा १५ देशमा १६८ पटक रक्तदान गरेको छु,यो भनेको ८४ हजार मिलिलिटर रगत हो र मेरो आफ्नै रगतले मात्रै ५०४ जनासम्मलाई बचाउन सहयोग हुन्छु भन्दा त्यहा उपस्थित सबै जना सहभागीहरुले उठेर ताली बजाएर अभिवादन गरेका थिए ।
त्यसपछी उपस्थित सबैले एकै स्वरमा म रक्तदाता हुँ भन्दै प्लेकार्ड हल्लाए । यसरी उनिहरुको न्यानो माया र स्वागतले मलाई राजकिय सम्मान मिलेको अनुभव भयो ।
कार्यक्रम अवधिभर बक्ताहरु ब्लड बैँककी महानिर्देशक डा. हेलेना हैलु,स्वास्थ्य राज्यमन्त्री डा. सेहर्ला अब्दुलाही र उद्घोषकहरुले रक्तदानमा मैले पुर्याएको योगदानबारे नै उपस्थित सहभागीहरुको जानकारीको लागि बोली रहे ।स्वास्थ्य राज्यमन्त्री डा. अब्दुलाहीले रक्तदाता मैनाली एक असाधारण ब्यक्तित्व हुन र यिनको कार्यले हाम्रा नागरिकहरुमा रक्तदान गर्न उत्साह मिल्ने बिचार ब्यक्त गरिन । रगत पाएर बचेँका उपस्थित सहभागीहरुले रक्तदाता मैनाली जस्तै हामीलाई धेरै रक्तदाताहरु चाहिएको छ,उनिमा सु९स्वास्थ्यको कामना छु भन्दै दिर्घायुको कामना गरे ।
कार्यक्रमको अन्त्यमा मलाई राज्यमन्त्रिले प्रसंसा पत्र र राष्ट्रिय पोसाकले सम्मान गरेकी थीइन । उनिहरुको राष्ट्रिय पोसाक लगाएपछी मैले यो पुरै विश्व नै एउटा देश हो । तपाईं हामी दाजु भाई हौं । तपाईंहरुको म प्रति माया यो पोसाक भित्र लुकेको छु भनेँ । गुन्जायमान हल, स्थानिय टेलिभिजन, एफ एम रेडियोका समाचार संकलकहरुले अन्तर्वाता लिँदा, इथियोपियाको राष्ट्रिय पोशाकमा म उभिँदा दाँया बाँया उभिएर फोटो खिच्नेहरुको घुइचो, स्थानिय रक्तदान कार्यक्रम आयोजना गर्ने ब्यक्ती, संघ सस्थाले भबिश्यमा मबाट निरन्तर सहयोगको अपेक्षा राख्दा मानौ कि म त्यहाको महाराजा भएको जस्तै लागेको महसुस भएको थियो । सबैका अगाडि हस, हुन्छ भने ।त्यतिखेर संसारका कुनाकुनामा रक्तदानको माहोल बनाउन मैले अझै धेरै काम गर्नु पर्छ भन्ने महसुस भएको थियो । हुन त रक्तदान गरेर मानविय जीवन बचाउन यो पुरै विश्व नै मेरो लागि सानो गाउँ जस्तो नै भई सकेको छ ।
रक्तसन्चार सेवाका पदाधिकारी, रक्तदाताहरु र संचारकर्मिहरु सहित दिवा भोज पश्चात मलाई त्यहाको निर्देशकले एैतिहासिक स्थान अबलोकन गराएका थिए ।यसरी सोह्र सोह्र घण्टाको हवाइ जहाज यात्रा, रक्तदान, थकाई मेरा लागि दैनिकी जस्तै बनेका छन । यसबाट मैले पाउने आत्मा सन्तुष्टी र मेरा सन्ततीहरुले सिक्न पाउने कुरा नै ठुलो सम्पत्ति हो जस्तो लागेको छ ।
वि.सं.२०७५ फागुन १२ आइतवार १२:३८ मा प्रकाशित