back
CTIZAN AD

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि महत्वपूर्ण अवसर

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

864 

shares

१८ कात्तिक,पोखरा। अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ ।

विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा आफ्नो पहिचान स्थापित गरेको पोखरा पछिल्ला समयमा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण व्यक्तिको भ्रमणको स्थल समेत बन्नुले यसको गरिमा र महत्व अझै बढाएको छ ।

भारतीय राष्ट्रपतिको शुक्रबार हुन लागेको पर्यटकीय नगरी पोखराको भ्रमणले यो विदेशी राष्ट्रप्रमुखको भ्रमणको प्राथमिकतामा पनि परेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल बताउनुहुन्छ । “राष्ट्रपति मुखर्जीको भ्रमणले पोखराको गरिमा र महत्वलाई थप उचाइमा पु¥याएको छ,” उहाँले भन्नुभयो, “नेपाल भ्रमणको कार्यक्रममा पोखरा पनि पर्नु यहाँका लागि महत्वपूर्ण अवसर हो ।” राष्ट्रपतिको पोखरा भ्रमणलाई भव्य बनाउनका लागि सम्पूर्ण तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

पर्यटकीय नगरी पोखरामा भारतीय राष्ट्रपतिको आगमन यहाँको पर्यटकीय विकासका लागि पनि महत्वपूर्ण अवसर भएको पर्यटन सम्बद्ध व्यक्तिको धारणा छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा पोखरा आगमन हुने विषयले स्वभावतः अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि स्थान पाउने बताउनुहुन्छ ।

“राष्ट्रपतिको आगमनसँगै पोखरा अति विशिष्ट दर्जाका व्यक्तिको भ्रमण स्थलसमेत हो भन्ने कुरालाई चरितार्थ गर्दछ,” थापाले भन्नुभयो, “यस भ्रमणसँगै पोखराले विश्वका विशिष्ट पाहुनालाई समेत आकर्षित गर्नुका साथै पोखरा पर्यटनको सुरक्षित गन्तव्य भएको कुरालाई स्वतःस्फूर्त रुपमा अन्तराष्ट्रिय रुपमा स्थापित गराउनेछ ।”

सांस्कृतिक, भौगोलिक लगायतका विविध कारणले युगौँदेखि मित्रवत् सम्बन्ध रहेको मित्रराष्ट्र भारतका राष्ट्रपतिको नेपाल भ्रमण आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताउने पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पराजुली उहाँको पोखरा भ्रमण सम्पूर्ण पर्यटन व्यवसायीका लागि सुखद् पक्ष भएको धारणा राख्नुहुन्छ ।

भूकम्पपछिको पर्यटनमा भारतीय पर्यटकको कम आगमन भएको अवस्थामा पर्यटकीय नगरी पोखरामा पनि उहाँको भ्रमणको कार्यक्रम रहनुले भारतीय पर्यटक थप आकर्षित गर्न महत्वपूर्ण सहयोग पुग्ने पराजुलीले बताउनुभयो । अत्यन्त अनुकूल मौसमको समयमा हुन लागेको भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको कार्यक्रमले विश्वका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यानसमेत आकर्षित गर्ने बताउँदै उहाँले भ्रमणसँगै अन्तर्राष्ट्रियस्तरमा यहाँको पर्यटन प्रवद्र्धनमा पनि थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भ्रमणले पोखराको गरिमा र महत्वलाई थप उचाइमा पु¥याउने पोखराका वरिष्ठ समाजसेवी एवम् उद्यमी गणेशबहादुर श्रेष्ठले बताउनुभयो । “पोखरेली जनता भारतीय राष्ट्रपतिको न्यानो स्वागतको अन्तिम तयारीमा छन्,” स्वागत व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका श्रेष्ठले भन्नुभयो, “पोखरामा उहाँलाई यहाँका धार्मिकस्थलको अवलोकन गराउन र नागरिक अभिनन्दनसमेत गर्न पाएको भए अझै राम्रो हुने थियो ।”

अन्तर्राष्ट्रियस्तरका अति विशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउनु समग्र पोखरावासीका लागि महत्वपूर्ण उपलब्धि एवम् अवसर भएको उहाँको भनाइ छ । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०४:०७ मा प्रकाशित

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...