back
CTIZAN AD

६६ गर्भवती तथा सुत्केरीलाई एक एक क्यारेट अण्डा वितरण

वि.सं.२०७५ फागुन १२ आइतवार

939 

shares

१२ फागुन, डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेनाका सुनौला हजार दिनका सुत्केरी तथा गर्भवतीलाई अण्डा वितरण गरिएको छ । नगरपालिका बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा नं ९ कलेनामा सञ्चालित दुई पोषण परामर्श केन्द्रबाट ६६ गर्भवती तथा सुत्केरीलाई अण्डा वितरण गरिएको नगरपालिकाका पोषण सम्पर्क व्यक्ति रमेशचन्द्र जोशीले जानकारी दिएका छन् ।
कलेनाभित्र रहेका ६६ गर्भवती तथा सुत्केरीलाई एक एक क्यारेट अण्डा वितरण गरिएको हो । स्थानीय तालीमप्राप्त पोषण सहजकर्ताले पोषण परामर्श केन्द्रमा पोषण, सन्तुलित आहार, घरायसी सरसफाइ,, तरकारी खेती तथा लैङ्गिक हिंसाजस्ता विषयमा जानकारी दिने गरेको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक चाणक्य अधिकारीले जानकारी दिए ।
अर्को पटक नगरपालिकाका वडा नं ३ दिपायल र वडा नं ५ मा अण्डा वितरण गरिने नगरपालिकाले जनाएको छ ।
यसैगरी सामुदायिक विकास केन्द्र डोटीले आफ्नो कार्यक्षेत्रका चार हजार बालबालिकालाई न्यानो लुगा वितरण गर्ने भएको छ । वल्र्ड भिजन इण्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्र डोटीबीचको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत लुगा वितरण गर्न लागिएको कार्यक्रम संयोजक रामचन्द्र जोशीले जानकारी दिए ।

वि.सं.२०७५ फागुन १२ आइतवार १६:०० मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...