back

६६ गर्भवती तथा सुत्केरीलाई एक एक क्यारेट अण्डा वितरण

वि.सं.२०७५ फागुन १२ आइतवार

528 

shares
GLOBAL IME AD
NTC AD

१२ फागुन, डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेनाका सुनौला हजार दिनका सुत्केरी तथा गर्भवतीलाई अण्डा वितरण गरिएको छ । नगरपालिका बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा नं ९ कलेनामा सञ्चालित दुई पोषण परामर्श केन्द्रबाट ६६ गर्भवती तथा सुत्केरीलाई अण्डा वितरण गरिएको नगरपालिकाका पोषण सम्पर्क व्यक्ति रमेशचन्द्र जोशीले जानकारी दिएका छन् ।
कलेनाभित्र रहेका ६६ गर्भवती तथा सुत्केरीलाई एक एक क्यारेट अण्डा वितरण गरिएको हो । स्थानीय तालीमप्राप्त पोषण सहजकर्ताले पोषण परामर्श केन्द्रमा पोषण, सन्तुलित आहार, घरायसी सरसफाइ,, तरकारी खेती तथा लैङ्गिक हिंसाजस्ता विषयमा जानकारी दिने गरेको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक चाणक्य अधिकारीले जानकारी दिए ।
अर्को पटक नगरपालिकाका वडा नं ३ दिपायल र वडा नं ५ मा अण्डा वितरण गरिने नगरपालिकाले जनाएको छ ।
यसैगरी सामुदायिक विकास केन्द्र डोटीले आफ्नो कार्यक्षेत्रका चार हजार बालबालिकालाई न्यानो लुगा वितरण गर्ने भएको छ । वल्र्ड भिजन इण्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्र डोटीबीचको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत लुगा वितरण गर्न लागिएको कार्यक्रम संयोजक रामचन्द्र जोशीले जानकारी दिए ।

वि.सं.२०७५ फागुन १२ आइतवार १६:०० मा प्रकाशित

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी...

अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह

अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह

मध्यविन्दु (नवलपरासी) । यहाँको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य रूपमा...

बाढीले एक सातादेखि पूर्णरुपमा अवरुद्ध गल्फागाड श्रीनगर सडक आजदेखि सुचारु

बाढीले एक सातादेखि पूर्णरुपमा अवरुद्ध गल्फागाड श्रीनगर सडक आजदेखि सुचारु

अदानचुली(हुम्ला) । बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडक खण्ड सञ्चालनमा...