back
CTIZAN AD

महिला विश्वकप क्रिकेट:नेपालद्धारा हङकङ चार विकेटले पराजित

वि.सं.२०७५ फागुन १२ आइतवार

672 

shares

१२ फागुन, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।

थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको लिग चरणको खेलमा हङकङले दिएको ६३ रनको सामान्य लक्ष्यलाई नेपालले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका लागि अप्सरा बेगमले सर्वाधिक २४ रनको योगदान दिइन् भने सीता रानामगरले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ हङकङकी जसमिनी टिटमुसले तीन विकेट लिँदा सान तो, मारिको हिल र क्यारी चानले एक एक विकेट झारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६२ रनमा समेटिएको थियो । हङकङका लागि मरीना लाम्पलोले सर्वाधिक १९ रन जोडिन् भने यास्मिन दसवानीले १६ तथा बेला पुनले ११ रन जोडे ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालकी नेरी थापा एक्लैले ६ विकेट लिइन् भने सरिता रानामगरले २ विकेट झारिन् । जितसँगै नेपालले ६ अङ्क जोडेको छ ।

जारी प्रतियोगितामा नेपाललको यो तेस्रो जीत हो । यसअघि नेपालले मलेशियालाई ३४ रनले हराएको थियो भने संयुक्त अरब इमिरेटस (युएई) लाई ७ विकेटले पराजित गरेको थियो ।

नेपाल थाइल्याण्डसँग भने ५७ रनले पराजित भएको थियो । राउण्ड रोबिनका आधारमा हुने उक्त छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट–२०१९ प्रतियोगितामा खेल्नेछ ।

एशिया छनोटमा नेपालसहित सात राष्ट्र प्रतिस्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् । नेपालले लिग चरणको आफनो पाँचौँ खेल भोलि सोमबार चीनको सामना गर्नेछ ।

वि.सं.२०७५ फागुन १२ आइतवार १६:३३ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...