back
CTIZAN AD

काठमाडौँमा ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ हुँदै

वि.सं.२०७५ फागुन १३ सोमवार

603 

shares

१३ फागुन, काठमाडौँ, (रासस) । नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गरी वैदेशिक लगानी भित्र्याउने उद्देश्यले चैतको दोस्रो साता काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ ।

आगामी चैत १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डवमा आयोजना हुने मेलाको तयारी शुरु गरिएको आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महासङ्घका अध्यक्ष भवानी राणाले मेलाले उत्पादनमूलक उद्योगको व्यापारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी आर्थिक समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

हरेक वर्ष आयोजना हँुदै आएको मेलामा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, चीन, थाइल्याण्ड, बर्मा, कोरिया, जापानलगायत देशबाट प्रदर्शकहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो । यसपटक आठौँ संस्करणका रुपमा आयोजना हुन लागेको मेलामा ३०० भन्दा बढी व्यापारिक कक्ष(स्टल) रहने र अहिलेसम्म चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बङ्गलादेशबाट ४० स्टल बुक भइसकेको महासङ्घले जनाएको छ ।

नेपाल सरकारको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललिलतपुर उद्योग वाणिज्य सङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा सञ्चालन हुने मेलाको मुख्य आकर्षण हस्तकलाको उत्पादन र कृषिजन्य उत्पादनहरु रहनेछन् ।

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय खरीदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षित गराउन सहयोग पु¥याउने मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै कक्ष रहने जनाइएको छ ।

महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले मेलालाई लगानी आकर्षण गराउने सेतुका रूपमा हेरिएको उल्लेख गर्नुभयो । महासङ्घको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेलामा स्वदेशी र विदेशी गरी एक लाखले अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक नवीन शर्माले मुलुकमा व्यापार घाटा भइरहेका बेला मेलाले व्यापार प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलामा यस वर्ष करीब २० करोडको कारोवार हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

महासङ्घको नेतृत्वमा यस वर्ष मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरी करीब ४० वटा मेला आयोजना हुने जनाइएको छ । निकट भविष्यमा वीरगञ्ज, मकवानपुर, दैलेख, कञ्चनपुर र ललितपुरमा समेत मेला आयोजना हुने महासङ्घले जानकारी दिएको छ ।

वि.सं.२०७५ फागुन १३ सोमवार ०९:४३ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...