back
CTIZAN AD

तेह्र प्रतिशतमा हात्तीपाइले रोगको सङ्क्रमण

वि.सं.२०७५ फागुन १३ सोमवार

666 

shares

१३ फागुन, नेपालगञ्ज । बाँके जिल्लामा यही फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ ।

नवौं चरणमा खुवाउन लागिएको सो औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउने भएका छन् । यही फागुन १५ गते हरेक वडामा तोकिएका बुथमा औषधि खुवाइने छ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले बताए ।
अघिल्ला वर्षमा महिला स्वास्थ्य स्वमंसेविकाबाट औषधि खुवाउने गरिएकामा सो अभियानलाई थप प्रभावकारी बनाउन यो वर्ष स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने रणनीति बनाइएको उनले बताए ।

स्वास्थ्य शाखा प्रमुख गौतमका अनुसार बाँकेमा यसवर्ष पाँच लाख ८८ हजार २७८लाई औषधि खुवाउन ३६८ स्वास्थ्यकर्मी खटिने जनाइएकोे छ । स्वास्थ्यकर्मीलाई सघाउन ७८९ महिला स्वास्थ्य स्वयम्सेविका खटिने भएका छन् ।
स्वास्थ्य कार्यालयकी दुर्गा गौतमले आठौंचरणसम्म औषधि खुवाउदा अपेक्षित उपलब्धि हासिल नभएका कारण यो पटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउँदा स्थानीयवासी विश्वस्त र आश्वस्त हुने सोचेर नयाँ रणनीति अपनाइएको बताए ।

अघिल्ला अभियानमा औषधि सेवनबारे गलत धारणा, शहरी क्षेत्रमा औषधि सेवन प्रगति न्यून हुनेलगायत चुनौती सामना गर्नुपरेको बताइएको छ ।

बाँकेको कूल पाँच लाख ८८ हजार २७८ जनसङ्ख्या रहेकामा करीब १३ प्रतिशतमा हात्तीपाइले रोगको सङ्क्रमण रहेको अनुसन्धानले देखाएको छ । ‘क्युलेक्स क्याङ्किफेसिएटस’ नामक लामखुट्टेले हात्तीपाइले रोग सार्ने गर्छ । रोग निवारणका लागि ‘डिइसी’ र ‘अलबेण्डाजोल’ नामक औषधि खुवाउँदै आइएको छ ।दीर्घरोगी, गर्भवती तथा सात दिनको सुत्केरी महिला र दुई वर्षमुनिका बालबालिका बाहेक सबैले यो औषधि सेवन गर्न मिल्ने जनाइएको छ ।

वि.सं.२०७५ फागुन १३ सोमवार १७:४५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...