back
CTIZAN AD

सात अङ्कले बढ्यो शेयर बजार

वि.सं.२०७५ फागुन १३ सोमवार

723 

shares

१३ फागुन, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४१ बिन्दुले बढेर एक हजार १०९.७३ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५९ बिन्दुले बढेर २३५.७८ बिन्दुमा पुगेको छ । कूल १६६ कम्पनीको सात लाख २० हजार ८४५ कित्ता शेयर रु २० करोड ३८ लाख ३९ हजार ८६४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज वित्त क्षेत्रको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह ०।६५ बिन्दुले घट्दा बैंकिङ ४.०७, होटल १.५२, विकास बैंक २.२७, जलविद्युत् ५.१३, निर्जीवन बीमा ७२.१७, उत्पादन २०.३७, अन्य १०.५८, लघुवित्त १०.५१, जीवन बीमा ६०.०२ बिन्दुले बढेको छ ।

बढेको बजारमा आँखुखोला जलविद्युत् कम्पनीका शेयरधनीले ६.४९ प्रतिशत कमाएका छन् । यस्तै पु्रडेन्सियल इस्योरेन्स कम्पनी ५.८६, नेको इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३.७७ प्रतिशत कमाएका छन् । यस्तै सहयोगी विकास बैंकका शेयरधनीले ८.८८ प्रतिशत, ग्लोबल आइएमइ समुन्नति स्किम एक ५.६२, नेशनल हाइड्रोपावर कम्पनी ३.२२, मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१३ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा आज नबिल बैंकको रु दुई करोड ५० लाख ७१ हजार २६९, नबिल बैंकको संस्थापक शेयर रु एक करोड ४० लाख १२ हजार ६४३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड रु ७८ लाख ८६ हजार ५४२, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रु ६८ लाख ६८ हजार ८८३ मूल्यमा खरीद बिक्री भएका छन् ।

वि.सं.२०७५ फागुन १३ सोमवार १७:४३ मा प्रकाशित

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...