१४ फागुन, काठमाडौ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्ने रोजगार संयोजक मागअनुसार छनोट हुन सकेनन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ स्थानीय तहका लागि रोजगार संयोजक भर्ना गर्न परीक्षा लिएको थियो तर ५ सय २१ ज्ना मात्रै उत्तीर्ण भएका छन् । उनहिरुलाई एकवर्षे करार सेवामा नियुक्त गरी एक साताभित्र स्थानीय तहमा पठाइनेछ ।
रोजगार संयोजकका लागि २३ हजार ९सय ६८ जनाले आवेदन दिएका थिए । तीमध्ये अनलाइन प्रणालीमा आधारीत कम्प्युटर सीप परीक्षणमा परीक्षा दिन २२ सय ६५ जना मात्र मेरिटका आधारमा सर्ट लिस्टिङमा परेको थिए ।
हामीले कर्मचारी छनोट प्रक्रियार्ल निष्पक्ष र पारदर्शी बनाउन पहिलोपटक विद्युतीय भर्ना प्रक्रिया अवलम्बन गरेका थियौ, प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख समेत रहेका कर्मचारी छनोट समीतिका संयोजक प्रकाश दाहालले भने , जति माग गरेका थियौ त्यति परीक्षर्थी उत्तीर्ण भएनन् । मंगलबारको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १४ मंगलवार ०८:१८ मा प्रकाशित