back
CTIZAN AD

लागुऔषधसहित एक जना पक्राउ

वि.सं.२०७५ फागुन १४ मंगलवार

627 

shares

१४ फागुन, काठमाडौ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका–१७ का जागिर अन्सारीलाई नियन्त्रित लागुऔषधसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

डाईजोपाम १५२ एम्पुल, फेनारगन १५० एम्पुल र नोर्फिन १४८ एम्पुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडाँै आउँदै गरेको ना ७ ख २८३५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

नागढुङ्गाबाटै बुटवल उपमहानगरपालिका–१२ का २५ वर्षीय किसन छन्त्याललाई नियन्त्रित लागुऔषध नाईट्राभेट १७ ट्याब्लेट, डाईजेपाम चार एम्पुल, फेनारगन चार एम्पुल, नोर्फिन चार एम्पुलसहित  प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लुम्बिनीबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यता काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङस्थित सडक नजिक ढलमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४० वर्षीय रवीन्द्र श्रेष्ठ मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ०९:२२ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...