back
CTIZAN AD

झापाको बुद्धशान्तिमा शव बहान खरिद गर्न मकवानपुरबाट पनि सहयोग

वि.सं.२०७५ फागुन १४ मंगलवार

699 

shares

१४ फागुन, झापा । जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्ति झापालाई मानवीय कार्यका लागि शव बहान खरिद गर्ने योजना सफल बनाउन मकवानपुरबाट पनि सहयोग रकम प्राप्त भएको थियो ।

मानवीय कार्यमा जुटेको जोइन्ट हेन्ड युथ सोसाइटीलाई जिवनको अन्तिम क्षणमा आवश्यक पर्ने शव वहान खरिदका लागि मकवानपुर हेटौंडा–५ का रामशरण गौतमबाट पाँच हजार एक सय, मकवानपुर हेटौंडा कमाने–८ का मेघराज सिवाकोटीले नगद ५ हजार एक सय, हेटौंडा–१० मा रहेको होटन लियोइनका प्रबन्ध निर्देशक शंकर नेपाल र उनका बुवा लोक नाथ नेपाल दुई हजार एक सय, हेटौंडा –४ का लक्ष्मण लामिछानेले पाँच हजार एक सय, हेटौंडा–४ निवासी शंकर लम्शालले पाँच हजार एक सय रुपैंया प्रदान गरेका छन् ।

जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाई यतिवेला शव बहान खरिदको योजना सफल बनाउन देशव्यापी रुपमा लागेका छन् । उनले सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

यस अघि शव वहान खरिदका लागि हाल मलेसियामा रहेका झापा बुद्धशान्तिका हरिभक्त अधिकारी र उनको परिवारबाट पाँच हजार एक सय, हाल कोरियामा रहेका झापा बुद्धशान्ति निवासी अशोक दाहाल बाट तीन हजार ५ सय, अमेरिका निवासी गोपाल निरौलाबाट सात हजार एक सय, टिमाई सशस्त्र प्रहरी बल बुद्धशान्तिका इन्चार्ज सुदर्शन रिजालवाट दुई हजार सहयोग प्राप्त भएको छ । त्यस्तै इसाई समाज बुद्धशान्तिले पनि शव बहान खरिदका लागि २५ हजार रुपैंया यस अघि नै उपलब्ध गराइसकेको सोसाइटीका उपाध्यक्ष अनिल वाग्लेले जनाएका छन् ।

जोइन्ट हेन्डले बुद्धशान्ति र यस आसपासका नागरिकलाई मानवीय सेवा प्रदान गर्ने उदेश्य राखेर शव बहान खरिद गर्ने योजना बनाएको हो ।

शव बहान खरिदका लागि सोसाइटीले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर रकम संकलन गरिरहेको सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईंले जनाएका छन् । देउसी भैलो, भाग्यशाली उपहार उत्सव, फूल स्टल लगायतका कार्यक्रमहरु आयोजना गरेर रकम संकलनको कार्य गरिरहेको छ ।

विपन्न, असक्त, असाहयको सहयोगार्थ स्थापना भएको सो सोसाइटीले गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई पाठ्यसामग्री, शारिरीक रुपमा अशक्तहरु, आँखाको दृष्टि कम भएका जेष्ठ नागरिकलाई खाद्यान्न लत्ताकपडा सहित आर्थिक सहयोग, हात्तीपाइले रोगबाट पिडित जेष्ठ नागरिकलाई आर्थिक सहयोग, गरीव परिवारलाई खाद्यान्न सहित सोलार जडान लगायतका कार्य गरिसकेको छ ।
शव बहानको योजनाका साथ जोइन्ट हेन्डले यतिवेला झापा बुद्धशान्ति ४ का दुई जना शारीरिक तथा अपाङ्गता भएका बालकका लागि पनि सहयोग रकम संकलन गरिरहेको छ ।
बुद्धशान्ति ४ हापेन चोकका ११ बर्षिय आइतराज लिम्बु, उनलाई शारीरिक अस्वस्थताका कारण डोरीले घरमै बाँधेर राखिएको छ उनी सहित उनका कान्छा भाई जसको मुखको माथिल्लो पट्टिको ओठ छैन उनको उपचारका लागि पनि रकम संकलन भईरहेको छ ।
उनीहरुको उपचारका निम्ति पनि स्वदेश तथा विदेशबाट रकम संकलन भईरहेको छ । उनीहरुको उपचारका लागि आवश्यक रकम जुट्ने वित्तिकै उपचार गरिने अध्यक्ष प्रसाईंले बताएका छन् । जोइन्ट हेन्ड युथ सोसाइटीको अध्यक्ष सञ्जील प्रसाई, उपाध्यक्ष अनिल वाग्ले, सचिव गोकुल पौड्याल, कोषाध्यक्ष प्रवेश भट्टराई, सदस्यहरुमा दिवस शिवाकाटी, पवन खनाल, केशव तिम्सिना, गंगाराम भट्टराई, रुद्र निरौला, रमेश तिम्सिना, सञ्जीव क्षेत्री रहेका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १३:१५ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...