back
CTIZAN AD

करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते

वि.सं.२०७५ फागुन १६ बिहीवार

669 

shares

१६ फागुन, सप्तरी ।  खडक नगरपालिका–९ मा बुधबार करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् ।

वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए । घाइते कृष्णको सोही अस्पतालमा उपचार भइरहेको छ । घर बनाउनका लागि फलामे छड ठाडो पार्ने क्रममा उक्त छडले बिजुलीको तारमा छुन गई बुबाछोरालाई करेन्ट लागेको थियो ।

दम्पती हत्याराबारे जानकारी लिँदै

साह दम्पतीको हत्या घटनाबारे जानकारी लिन प्रदेश नं २ का प्रहरी नायब उपरीक्षक हरिबहादुर पाल आज घटनास्थल पुग्नुभएको छ । खडक नगरपालिका–५ खरचुहियाका ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनी देवीको हिजो भएको हत्याबारे जानकारी लिन डिआइजी पाल घटनास्थल पुग्नुभएको हो । उनले हत्यारा चाँडै पत्ता लाग्ने बताए ।

“अपराधी पत्ता लगाउन प्रहरीले शुरुआतदेखि नै सूक्ष्म रुपले अनुसन्धान गरिरहेको छ”, उनले भने । पूर्णरुपले शरीर जलेको अवस्थामा साह दम्पतीको शव उनीहरु सुत्ने कोठामा भेटिएको थियो । घटनाको अनुसन्धान गर्न प्रदेश नं २ को प्रदेश प्रहरी कार्यालय जनकपुरको अनुसन्धान टोलीसमेत खटिएको छ ।

साह दम्पतीको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज शवपरीक्षण गरी कोशी ब्यारेजमा अन्त्येष्टि गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

वि.सं.२०७५ फागुन १६ बिहीवार ०८:५८ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...