back

करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते

वि.सं.२०७५ फागुन १६ बिहीवार

393 

shares
GLOBAL IME AD
NTC AD

१६ फागुन, सप्तरी ।  खडक नगरपालिका–९ मा बुधबार करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् ।

वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए । घाइते कृष्णको सोही अस्पतालमा उपचार भइरहेको छ । घर बनाउनका लागि फलामे छड ठाडो पार्ने क्रममा उक्त छडले बिजुलीको तारमा छुन गई बुबाछोरालाई करेन्ट लागेको थियो ।

दम्पती हत्याराबारे जानकारी लिँदै

साह दम्पतीको हत्या घटनाबारे जानकारी लिन प्रदेश नं २ का प्रहरी नायब उपरीक्षक हरिबहादुर पाल आज घटनास्थल पुग्नुभएको छ । खडक नगरपालिका–५ खरचुहियाका ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनी देवीको हिजो भएको हत्याबारे जानकारी लिन डिआइजी पाल घटनास्थल पुग्नुभएको हो । उनले हत्यारा चाँडै पत्ता लाग्ने बताए ।

“अपराधी पत्ता लगाउन प्रहरीले शुरुआतदेखि नै सूक्ष्म रुपले अनुसन्धान गरिरहेको छ”, उनले भने । पूर्णरुपले शरीर जलेको अवस्थामा साह दम्पतीको शव उनीहरु सुत्ने कोठामा भेटिएको थियो । घटनाको अनुसन्धान गर्न प्रदेश नं २ को प्रदेश प्रहरी कार्यालय जनकपुरको अनुसन्धान टोलीसमेत खटिएको छ ।

साह दम्पतीको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज शवपरीक्षण गरी कोशी ब्यारेजमा अन्त्येष्टि गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

वि.सं.२०७५ फागुन १६ बिहीवार ०८:५८ मा प्रकाशित

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ...

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...